'पुरक बजेट हल्ला माओवादी केन्द्रको अनैतिक कृत्य'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2016 | 01:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट हरेक सरकारको आफ्नो योजना हो । यसकारण प्रत्येक नयाँ सरकारले आफु अनुकुल बजेट निर्माण गर्ने गर्दछन् । हाम्रो जस्तो सरकारको असामयिक गठन र विगठन हुने देशमा सरकार बजेट भन्दा पनि पुरक बजेट तर्फ आकर्षित हुनु र त्यस सम्बन्धि हल्ला र वहस चल्नु स्वभाविक हो ।

पछिल्लो पटक ओली सरकारको पतनसंगै उदय भएको नेपाली कांग्रेस र माओवादी केन्द्र समिकरण बाट वनेको पुष्प कमल दाहाल सरकार पनि पुरक बजेटको तयारीमा छ भन्ने सुनिन्छ । पुरक बजेट सरकारका लागि स्वभाविक पनि मानिन्छ । तर अहिले माओवादी केन्द्रको कोणबाट पुरक बजेटको वहस थालिनु भने अनैतिक कार्य हो ।

सामान्यत : पुरक बजेट भनेको अघिल्लो सरकारले ल्याएको बजेटमा नयाँ सरकारले आफु अनुकुलका कार्यक्रम थप्ने प्रक्रिया हो । यदि कहिलेकाही आन्तरिक आम्दानी वृद्धि भयो , सोधनन्तर स्थिति मजवुत भयो र खर्च गर्ने तागत पनि बढयो भने मात्रै पुरक बजेट मार्फत राज्यले आफ्नो क्षमता प्रदर्शन गर्दछ ।

तर पछिल्लो समयमा सत्ता परिवर्तन सिवाय अरु केहि भएको छैन । यसमा पनि चालु बजेट निर्माणको सत्ता साझेदार दल माओवादी केन्द्र आफै सत्ताको नेतृत्वमा छ । यस आघि आफैले वनाएको वजेट विनाकारण परिवर्तन गर्नु माओवादी केन्द्रका लागि सोभनीय हुदैन । यता अघिल्लो प्रतिपक्ष नेपाली कांग्रेस जो संग यो बजेटको कुनै लिगेसी छैन उसले पुरक बजेटलाई अस्वीकार गरिरहेको छ । तर माओवादीले किन पुरक वजेट भनिरहेको छ यो बुझी नसक्नु छ । फेरी चालु बजेट नै खर्च हुन नसकीरहेको अवस्थामा बजेटको आकार ठुलो वनाउनको पनि कुनै तुक रहदैन ।

सबै भन्दा ठुलो कुरो आफ्नो खर्च गर्ने क्षमता बढाउनु हो न कि बजेटको अंक । बजेटको अंक जत्रो वनाए पनि खर्च गर्न सकिदैन भने त्यसको कुनै माइने रहदैन । यसकारण यो पुरक बजेटको कुनै तुक छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved