शिब धिताल/बिजपाटी     Oct 30, 2018



ruslan ruslan

मोहम्मद रमजान अलि मिया... 

विश्वको नक्सामा एउटा सानो भूपरिवेशष्टित देश नेपालको छुट्टै पहिचान छ। भौगोलिक आधारमा छुट्टै पहिचान भएझैं यो देशसँगको सम्बन्ध पनि पृथक छ । सायदै नेपाल नै विश्वका ती थोरै देशहरूमध्येको हो जसको शत्रु अत्यन्तै थोरै र मित्र धेरै छन् । यो मैत्री सम्बन्ध जहिलेबाट प्रारम्भ भयो आजको मितिसम्म दिनानु दिन प्रगाढ, पारस्परिक र विस्तार हुँदै छ । अनि सम्बन्ध पनि विशेष प्रकारको छ । चाहे त्यो चीन, भारत, जापान तथा पश्चिमेली मुलुक वा खाडीका अरब मुलुकसँग नै किन नहोस् । 

मध्यपूर्वको अति आकर्षणको केन्द्र रहेको खाडी मुलुक कतारसँग हाम्रो राष्ट्र नेपालको सम्बन्ध झनै विशेष छ । यसको प्रमाण ४ लाखभन्दा बढी नेपालीको उपस्थितिले पनि देखाउँछ। नेपालका विभिन्न भूभागबाट आएका नेपालीलाई कतारले रोजगारीका लागि यहाँ अवसर दिइरहेको छ । यसले गर्दा थोरै भए पनि नेपालीको जीवनस्तर उकास्न, देशको विकासमा टेवा पुगेको छ । जुन कुरा केही मुलुकलाई नपचेको कुरा बेला बखतका घटनाले देखाएको छ।

नेपाल-कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धमा विगत केही समय अगाडि असर पुग्ने काम भयो । पश्चिमीले मुलुकका केही सञ्चार माध्यमले आफ्नो विशेष उद्देश्य प्राप्तिका लागि नेपाली श्रमिकले 'कतारमा दासी जीवन बिताउनु', कतार सरकारको कारणले अकालमा मृत्युवरण गर्नुपरेको, कार्यस्थलमा सुरक्षा निम्ति भरपर्दो नभएको, ट्राफिक दुर्घटनामा अनावश्यक रूपमा धेरैकोे ज्यान गएको र कतार सरकार नेपाली श्रमिकको विषयमा गम्भीर छैन' भनी व्यापक प्रचार प्रसार गरेको थियो । 

अब यो पास्रस्परिक सम्बन्ध जुन रोजगारी लिने दिने क्षेत्रमा केन्दि्रत थियो, अब आगामी दिनहरूमा यो सम्बन्ध व्यापारिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक विकासतर्फ मोड्न जरुरी छ । 

जुन समाचार कतारले २०२२ को विश्वकप आयोजना गर्ने अवसर पाउनुभन्दा पहिले समस्या भनेर उल्लेख गरिएका कुनै पनि विषयमा त्यो सञ्चार माध्यम बिल्कुलै गुपचुप रहेको अवस्था थियो । समाचार छाप्नेले छापेर दनदनी बलेको आगो तापेर बसे तर त्यस्को प्रत्यक्ष असर कतारबासी नेपालीले भोग्नुपर्‍यो । फलस्वरुप कतारको नेपाली समाजले त्यसको स्पष्टीकरण दिनुपर्‍यो ।यस अप्रत्याशित घडीमा कतारमा रेहेका नेपाली अग्रज एवं सामाजिक अगुवाहरुको एक प्रतिनिधिमन्डलले तत्काल एक आरएकएएनसिसि कतारको अगुवाइमा कतारको रास्ट्रिय मानव अधिकार समितिको प्लेटफर्म लाई उपयोग गरि कलोकाल्पनिक कथा बस्तुमा आधारित समाचारको खन्डन गरेको थियो। वर्तमान परिस्थितिमा गैर आवासीय नेपाली संघ कतारले खेलेको त्यो भुमिका अत्यन्तै सरहानिय रहेको छ जस्ले गर्दा कतारमा रहेका नेपालीहरुको रोजगारी माथी आउन सक्ने सम्भावित ठुलो संकट टार्न कतारको नेपाली समाज सफल रहेको इतिहास आज पनि जिवितै छ।प्रत्यक्ष साक्षीका रूपमा तपाई माझ यो स्तम्भकार आज पनि कतारकै भुमिमा रहेको छ।

कतार नेपालको यो अति नै महत्त्वपूर्ण सम्बन्धलाई नजिकबाट नियालिरहेका कतार सरकारको कानुनी व्यवस्था, कतार सरकारको धारणाबारे जानकारी राख्ने र समग्र ४ लाख नेपालीको भविष्यप्रति चिन्ताबोध गर्ने समाजका अगुवाहरूले आफ्नो धारणामार्फत डुब्न लागेको जहाज किनारा लगाउन सफल भए ।

अंग्रेजीमा भनिने गरिन्छ नि, 'बे्रल्सिङ इन डिस्गसिङ' । त्यस्तै रह्यो नेपाली श्रमिकको सुनौलो भविष्यमा कतारका नेपाली समाजका अगुवाहरुको भूमिका । आफ्नो विशेष एजेन्डाको परिपूर्तिका निम्ति जसरी नेपालीलाई हतियारको रूपमा प्रयोग गर्न खोजियो, त्यसको भत्सर्ना गर्दै अत्यन्तै कठिन घडीमा नेपालले कतारको र कतारले नेपालको साथ दिई दुवै देशविच रही आएको मैत्री सम्बन्ध एक आयाम विस्तारमा थपिदिएको छ । अब यो पास्रस्परिक सम्बन्ध जुन रोजगारी लिने दिने क्षेत्रमा केन्दि्रत थियो, अब आगामी दिनहरूमा यो सम्बन्ध व्यापारिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक विकासतर्फ मोड्न जरुरी छ । 

कतार राज्यको मुख्य विकास र उन्नतिका निम्ति मुख्य ३ उद्देश्य शिक्षा, खेलकुद र भौतिक पूर्वधारमा अगाडि बढ्नु अपरिहार्य छ । यस सम्बन्धलाई जहाँ प्रत्यक्ष रूपमा विकास गर्न सकिन्छ भने त्यही संयुक्त रूपमा पनि आपसी समझदारीको माध्यमबाट लगानीको वातावरण तयारी अग्ररूप दिन सकिन्छ । यस सन्दर्भमा हामी कतारको २०३० भिजनमा कतार जहाँ आफ्ना नागरिकलाई उच्च शिक्षा र उनीहरूको दक्षतालाई विकास गर्ने उद्देश्य लिएर तीव्र रूपमा अगाडि बढिरहेको छ अर्कोतर्फ इनर्जी क्षेत्रमा जुन उच्चता र विशेषता हासिल गरेको छ । त्यसबाट प्राप्त हुने प्रत्यक्षलाभ र फाइदाबाट 'नन पेट्रोलियम क्षेत्रमा पनि एउटा अग्रस्थान हासिल गर्न चाहन्छ । त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्ने कैयौं सम्भावनाहरू छन् । जस्तै यहाँ उत्पादन हुने फर्टिलाइजर, आल्मोनियम, स्टिल र विभिन्न प्रकारका केमिकल्सका ठूला ठूला उद्योगहरूबाट लाभाविन्त हुन सकिन्छ । 

हाम्रो कुटनैतिक अभ्यासलाइ हेर्ने हो भने कता कता हामी अरब रास्ट्रहरु सङ्गको निकट एवं सुमधुर मैत्री सम्बन्ध बाट हिच्किचाएको आभास हुन्छ।कतारकै कुरा गर्ने होभने पनि सन अस्सिको दशकमा स्थापना भएको यस सम्बन्धले खासै उचाई लिएको देखिदैन। कतार यस्तो देशहो जो सङ्ग बिश्वका प्रगतिशील तथा शक्तिशाली रास्ट्रहरुले समेत सहयोग र सहकार्य गरिरहेकाछन र पासा आफ्नै भागमा पर्न सफल भएका ज्वलन्त उदाहरण हाम्रै अगाडि छ्न।तर कतारको निर्माणमा हजारौं ज्यानको आहुती अर्पण गर्ने हामी नेपाली आफ्नो भाग अरुले खोसेर लगेको टुलुटुलु हेरिरहन बाध्य छौं।आखिर अरु जोडिन आत्तुर तर हामी अरब रास्ट्रहरु सङको निकटताबाट किन टाढिएका छौं यो एउटा कुटनैतिक बहसको बिषय नै बन्न सक्दछ।

नेपाल वातावरणीय रूपले विश्वमै एउटा नमुना देश हो । प्राकृतिक सौन्दर्यको त कुरा छोडौं त्यसको कुनै बदलामा कुनै वैकल्पिक देश विश्वको नक्सामा पाउन सक्छौं । देशमा रहेको पर्यटन, कृषि, प्राकृतिक जडीबुटी, पानीका मुहानहरू प्राकृतिक क्षेत्रहरू हुन् । जो कतार नेपालको सम्बन्ध विस्तारमा कतार मात्रैको लागि नभई समग्र खाडीका देशको आकर्षणको केन्द्र बन्न सक्छ । यस क्षेत्रका नागरिक, व्यवसायीहरू आफ्नो देशभन्दा बाहिर देशमा लगानी गर्न रुचाउँछन् । जुन उनीहरुले गरिरहेका छ्न।चाहे त्यो बेलायतमा होस वा अन्य विकसित पश्चिमा रास्ट्रहरुमा नै किन नहोस।

यी क्षेत्रको गहिरो अध्ययन तथा प्रोजेक्टमा योजनाको खाँचो छ । यी क्षेत्रसँग सम्बन्ध राख्ने नेपालका निकायले सम्भाव्यता अध्ययन गरी उल्लेखनीय राष्ट्रका निकायसमक्ष पुर्‍याउन सफल भएमा नेपाल विश्वकै आकर्षणको केन्द्र तथा अर्को स्विजरल्यान्डमा परिणत हुन धेरै समयमा लाग्दैन ।

विदेशमा रहेका नेपाली श्रमजीवी मेहेनती श्रमिकको जीवन स्तर उकास्न विकास तथा प्रगतिको मार्गमा डोर्‍याउन नेपाल—कतार सम्बन्धले एक आधारशिला खडा गर्ने ठूलो भूमिका निर्वाह गर्न सक्नेछ । विदेशमा श्रम गरेर तथा आफ्नो जीवन शैलीलाई पहिलेभन्दा उच्च स्थानमा परिणत गरेर नेपाली फर्किसकेपछि त्यहाँ आफूले जानेको सीपको बजार र मुनासिव क्षेत्र नपाएपश्चात् बेरोजगार भएर बस्नुको पीडा कति हुन्छ । त्यसको कल्पना गर्न गाह्रो छ । तसर्थ कतारले तथा नेपालका मितेरी देशहरूले आफ्नो विकासमा जस्तो श्रमको उपयोग नेपाली श्रमिकबाट लिएका थिए त्यसको व्यवस्था पनि गरिनुपर्छ । आफूले जानेको सीप स्वदेशमै लगाउन पाउनुको खुसीको पनि कुनै मूल्य धारणा गर्न सकिन्न । यहाँ आएपश्चात् हुने विभिन्न  समस्या, मृत्यु, घाइते, चोटपटक लागेर अंगभंग भएर पीडित हुनेको संख्या पनि वृद्धि हुँदै गएको हुनाले नेपाली श्रमिकसँग वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम सदुपयोग गर्न सकिन्छ । कम लागतमा सानो तथा ठूला उद्योगको स्थापना र त्यसमा पीडित पक्षका परिवारले सजिलै लाभ हासिल गर्न सक्छन् ।

विदेशमा रहेका नेपाली श्रमजीवी मेहेनती श्रमिकको जीवन स्तर उकास्न विकास तथा प्रगतिको मार्गमा डोर्‍याउन नेपाल—कतार सम्बन्धले एक आधारशिला खडा गर्ने ठूलो भूमिका निर्वाह गर्न सक्नेछ । 

वैदेशिक रोजगारीमा आएका श्रमिकका निम्ति मासिक किस्ताबन्दीमा एक वा दुई कोठाको बास स्थान कोलोनीको निमार्णले पनि स्वदेश फर्किसकेपछि राहत दिलाउन ठुलो सहयोग गर्न सक्षम हुनेछ । तर,यो व्यावसायिक मात्रै नहोस । नितान्त सहयोगी रहोस् । किनकि यो वैदेशिक रोजगारीमा आएकाको एक सपना साकार पार्ने क्षेत्र हो । (सबैको चाहाना एउटा छत होस्) कतार संग नेपालले सजिलै लिन सक्ने सहयोगमध्ये हाम्रो देशमा यति बेला ध्वजावाहक विमानको खाँचो अग्रपंक्तिमै पर्दछ । जसको निवारणका लागि कतारको ध्वाजाबाहक विमानहरू जुन पाँचवर्षे सेवापश्चात् फेरि उडान भर्न प्रायः उपयुक्त मानिदैनन्  किनकि कतार एयरवेज विश्वको 'फाइभ स्टार'को भएकाले यो समय अवधिपश्चात् कि निष्क्रिय पारिन्छन् कि सहयोगस्वरूप अन्य मुलुकलाई हस्तान्तरण गरिन्छन् । कतारले नेपालको उडायन प्राधिकरणको क्षेत्रमा लगानी अगाडि बढाउन सक्ने सम्भावना अति छ । त्यसैगरी निजि एवं सेवा क्षेत्रमा पनि कतार नेपाल चेम्बर अफ कमर्सले सामूहिक लगानीका अवसर सिर्जना गर्न सक्ने थुप्रै सम्भावना छन् । जसमा दुवै देशमा रहेका कूटनीतिक नियोगले राम्रो भूमिका खेली राष्ट्र निर्माणमा टेवा पुर्‍याउन सक्छ ।जुन कुरा रास्ट्रका पोलेसी मेकरहरुको मनमस्तिस्कमा पलाउनु जरुरी रहेको देखिन्छ।

कतारबासी नेपालीको लागि मात्र नभई विश्वको कुना काप्चामा रहेका समग्र प्रवासी नेपाली कसैको जोडजबरजस्तीले पक्कै आएको होइन । यहाँ अाइसकेपछि त्यो देशको कुन कानुन, व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु सभ्य नागरिकको पहिलो जिम्मेवारी रहन्छ । आफ्नो राजीखुसीले यहाँ आउनु तपाईंका परिवारको निम्ति एउटा ठुलो अवसर हो । तपाईंका निम्ति तपाई हाम्रो भविष्यका निम्ति धेरै अध्ययनको पक्षधर पनि हो । तपाईं आफूले श्रम गर्ने ठाउँमा खुसी छैनौं भने त्यो हामी कसैको लागि पनि फाइदाजनक हुन कदापि सक्दैन । जुन देशमा काम गर्दैछौं, त्यसको कानुनको सम्मान गर्नु भनेको त्यसको बफादारी गर्नु पनि हो । सदैव सकारात्मक व्यवहार प्रदर्शन गरी आफ्नो र आफ्नो देशको गरिमा बढाउनु एक सभ्य नागरिकको पहिचान हो ।

अर्को पाटो भनेको कतारी अमीरको नेपाल तर्फको यात्रा हो जुन हामिले कुनै पनि हालतमा गराउनु नै पर्दछ।कतारी अमीरको यात्रा एवं भ्रमणलाई हामिले सरसर्ती नै हेर्ने हो भने पनि वहाँ बिश्वका प्राय ती सबै मुलुकहरूमा पुगिसक्नु भएको छ जहाँका नागरिक उनको देश बनाउन दिनरात तल्लिन रहेका छन।यहाँ सम्मकी वहाँ हामी र हाम्रो देशको नजिक पुगेर पनि हाम्रो देशसम्म पुग्न सक्नु भएन।आखिर कारण नै खोज्ने हो भने पनि म त कता कता यस्को कारक पनि हामी आफै नै हौ जस्तो लाग्दछ।आखिर कर्मथलो कतारका अत्यन्तै ठुलो हृदय भएका अमीर लाई हामी किन आफ्नो देशमा स्वागत गर्न चुकिरहेका छौं? यो बिषयले कतै प्राथमिकता पाउला कतै नपाउला तर कतार बनाउने ती श्रमजिवि मिहिनेती र स्वाभिमानी पारिश्रमिक हातहरुको कथा ब्यथाको उच्च मुल्यांकन खोज्ने हो भने यो अपरिहार्य छ। 

इतिहासका पानाहरु पल्टाउने हो भने यस्को कारक हामी हौ भन्न मलाई कत्ती पनि हिच्किचाहट हुदैन किन कि कहिले "कतार इज ओपन जेल" त चार चार बर्ष सम्म दोहाको नेपाली नियोग आफ्नो नियोग प्रमुख बिना घिटिघिटी स्वास लिइरहेका हामी पाउछौ। अब यतिबेला सम्माननिय रास्ट्रपति श्रीमती विद्यादेवि भन्डारी कतारका अमीर शैख तमीम बिन हमद अलथानी ज्युको बिशेष निमन्त्रणामा कतारको चार दिने राजकीय एवं औपचारिक भ्रमणमा आउनु भएको छ जुन एक वर्ष अगाडि नै हुनु पर्ने थियो तथापि देर आए दुरुस्त आए भने झैँ अब यसै भ्रमण बाट कतारी अमीरको नेपाल भ्रमण तय हुन सक्यो भने नेपाली डिप्लोम्यासिमा एउटा विशाल आयाम थपिने कुरामा कसैलाइ दुइमत नहोला। किन भने नेपाली डिप्लोम्यासिको अध्ययन गर्ने नै हो भने पनि हाल सम्म अरब र अरब जगतका रास्ट्रप्रमुख एवं अग्रज नेतृत्वको नेपाल भ्रमण भएको पाउन कठिन छ।

यसै भ्रमण बाट कतारी अमीरको नेपाल भ्रमण तय हुन सक्यो भने नेपाली डिप्लोम्यासिमा एउटा विशाल आयाम थपिने कुरामा कसैलाइ दुइमत नहोला।

कतारी राजाको नेपाल भ्रमण यस अर्थमा पनि अहम छ कि कतारी समाज र कतारी संस्कार अनुसार पनि कतारी जनता त्यहाँ जान अत्यन्तै ललाहित हुन्छ्न जहाँ राजा गएका हुन्छन् ।यसबाट पनि धेरै कुरा प्रस्टिएको छ।जस्को खोजी र प्रयास हामी गरिरहेका छौँ ।सम्माननियको कतार भ्रमणमा कतारी राजधानी दोहा नेपाल र कतारको राष्ट्रिय झन्डाले जसरी फरफराइएको छ त्यो अत्यन्तै उल्लेख्य रहेकोछ।हिजो सम्म नेपालीहरु आमिल मात्र हुन्छ्न भन्ने कुरा कतारी सरकारले पुरै चिरिदिएको छ र आम कतारी हरुपनी बडो आश्चर्य मान्दै नेपाल र कतारको राष्ट्रिय झन्डाको तस्बिर लिनमा ब्यस्त देखिएका छन।वास्तवमा यो एउटा पद्धति र कुटनैतिक संस्कार भएता पनि नेपाली झन्डा कतारमा फरफराउनु ठुलै उपलब्धिको रुममा हामिले लिएका छौ।

सम्माननिय ज्युको भ्रमण पनि अन्य राजनेता भन्दा नितान्त फरक रहेको पनि यहाँ जानकारी गराउन चाहे किन कि यस भ्रमणमा वहाँले आधुनिक कतारकी निर्माता एवं कतार फाउन्डेसनकि प्रमुख पुर्व महारानी डा. शैखा मौजा बिन्त ए नासर लाई पनि भेट्दै हुनु हुन्छ जसलाइ भेट्न एक से एक पश्चिमा मुलुकका रास्ट्रप्रमुखहरु पनि लाइनमा बसेका हुन्छ्न। कतार फाउन्डेसन बाट महिला एवं बालबालिका त्यस्मा पनि देशको अत्यन्तै सुदुरमा रहेका कर्णाली क्षेत्रका जनता सम्म केही पुग्न सक्यो भने सम्माननिय ज्यु हजुर हजार बर्ष हैन जुग जुग हामी बिच रहनु हुनेछ। 

मैले लेख्नु पर्ने धेरै नै थियो तर समग्रमा लेख्नु पर्दा सम्माननिय ज्यु यतिबेला हजुरको दुवै हातमा लड्डु छ अब यसलाइ कसरी ब्यवस्थापन गर्ने त्यो हजुरको प्रतिनिधि मण्डलमा पनि भर पर्ने कुरा छ।हामी कतारबासि नेपालीले यस भ्रमण बाट धेरै ठूलो आशा नराखेता पनि कमसे कम आफ्नो श्रमको उच्च मुल्यांकन भने पक्कै पनि खोजेका छौ। भ्रमण गराउन अग्रणि भुमिका निर्वाह गर्ने दोहा स्थित नेपाली राजदुतावास परिवार र काठमाडौमा रहेको कतारी राजदुतावास परिवार बिशेष धन्यवादको पात्रको रुपमा रहेका छन भने सफलताको बागडोर आफैमा सर्वोच्च रहेको छ।

(मियाँ रास्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज(INMS) कतारका अन्तर्राष्ट्रिय संयोजक हुन)

Share your thoughts!











Close in 7