डा केसीले संवैधानिक अधिकार कुण्ठित गर्न पाउने हो ? के हो अनसनबारे  जनताले बुझ्नु पर्ने कुरा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2016 | 04:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कानुन सबैका लागि समान हुन्छ। सिष्टममा सबै बाधिनु पर्दछ । मेडिकल कलेजमात्र होईन मनपरी प्राइमरी स्कुलले पनि गर्न पाउदैन तर प्रकृया पुरा गरेर मेडिकल कलेज खोल्न पाउनु  जनताको संवैधानिक  अधिकार हो ।  कसैले यसलाई प्रतिहरण  गर्ने प्रयास पनि गर्नु हुँदैन ।

डा. गोविन्द के. सी भोकहड्ताल वा सत्याग्रहमा बस्नु हुन्छ । टिचिङका डाक्टरले कालो पट्टी बाधेर बिरोध गर्दा गर्दै काम  छोड्छन् । केही जनताले सडकमा आवज उठाउछन् । रातारात सरकारका केही सचिव र के सी बीच अमुक बुँदे सम्झौता हुन्छ । अर्को दिन बिहान ९ बजे तिर के.सी. जुस खानु हुन्छ । एक दुई महिना हल्ला हराउँदछ र फेरी उही खेल शुरु हुन्छ र भै रहेको छ ।

राम प्रसाद गौतम

जसरी संविधानले डा के सीलाई भोक हड्ताल गर्ने अधिकार प्रत्याभुत गरेको  छ । त्यसरी नै पुँजीपतिहरुलाई मेडिकल कलेज खोल्ने अधिकार पनि दिएको छ । चोरी , फट्याई , बदमासि गरे अरुले जस्तै मेडिकल कलेजले पनि दण्ड पाउनु पर्दछ । सबै प्रकृया पु¥याएर शैक्षिकसंस्था खोल्ने प्रकृयालाई नै बिरोध गर्नु नागरिक अधिकारको दृष्टिले  अलिक नमिल्दो हुन्छ कि ?

प्रश्न अमुक निकायले मेडिकल संचालन गर्न पाउने वा नपाउनेमा होईन , संविधानले प्रत्याभुत गरेका हक सबै नेपालीले प्रयोग गर्न पाउनेमा अड्किन्छ । तँ स्वतन्त्र छस् । तर यो यो काम  , यो यो ठाऊँमा र यो यो तरिकाले गर्न पाऊदैनस् भन्न सरकारलाई पनि कठीन होला । किनकि संवैधानिक स्वतन्त्रतालाई नियमित गर्न सकिन्छ तर प्रतिवन्धित गर्न सकिदैन ।

नेपालमा किन मेडिकल शिक्षा महंगो छ तर पनि सबैले यहि पढ्न चाहान्छन् र लगानीकर्ताको आँखा यसैमा पर्दछ भन्ने सन्दर्भमा केही कारण निम्न बमोजिम छन् ।

यसको मुल कारण के हो ?

 नेपालमा धेरै बाबुआमाले आफ्नो सन्तानलाई  डाक्टर वा चिकित्सक भएको हेर्न चाहान्छन् । तर सरकारले एक बर्षमा दुई तिन सय  भन्दा बढीलाई छात्रवृतिमा पढाउन सक्दैन । तर पढ्न चाहेको  संख्या दशौ हजार नाग्दछ । त्यसैले नीजि क्षेत्रबाट मेडिकल कलेज खोलेर शुल्क लिएर चिकित्सक बनाईन्छ । यो विश्वव्यापि प्रचलन हो । अर्थात अन्य देशमा पनि नीजि मेडिकल कलेज खोलिन्छ ।

त्रिवि शिक्षण अस्पतालमा पढेकालाई निजी मेडिकल कलेज मन पर्दैन

प्रवेश परीक्षामा प्रतिस्पर्धा जितेर प्रथमबाट ४० सम्म आउनेले त्रि.वि. शिक्षण अस्पताल महारजगञ्जमा पढ्न पाउँछन् । उनीहरुले पैसापनि तिर्नु पर्दैन । उनीहरुमा एउटा घमण्ड हुन्छ  । क्षमतावान् र वास्तवमा डाक्टर पड्न लायक हामी हौं अरु नीजि नीजिमा पढ्नेले दामको भरमा हाम्रो भविष्यको कमााईमा धावा बोलीरहेका छन् भन्ने इर्ष्या राखेका हुन्छन् ।

यद्यपी यो घमण्ड भित्री आत्ममा दवेको हुन्छ कसैले पनि चिया पसलमा गफ गर्ने विषय होईन तैपनि टिचिङमा पढ्ने र पढि सकेका सवै डाक्टरमा  हामी तगडा हौ र नीजिमा पढ्ने कमजोर हुन्छन् भन्ने अत्मअहमता छ  ।

गोविन्द के सीले टिचिङ मै भोक हड्ताल गर्नु पछाडी मुल कारण पनि यही हो कि ऊहाँको आन्दोलनका सबैभन्दा बढि सर्मथक टिचिङमा भेटिन्छन् ।

किन ?

किनकि , के. सीको चाहना छ - नीजि मेडिकल कलेज कम खुलुन् । वहाँले थोरै पैसामा पढाउन् भन्ने माग राख्नु भएको हुन्छ । यसको प्रत्यक्ष वा परोक्ष लाभ टिचिङका डाक्टरलाई हुन्छ । त्यसैले सत्याग्रह पनि त्यतै गरिन्छ । 

यदि सबै पुर्वाधार सहित प्रकृया पु¥याउने हो भने सस्तोमा पढाउन त सकिदैन होला  सरकारीमा झै  । जसले गर्दा नीजिहरु लगानीबाट बिच्किउन् र चिकित्सा शिक्षाको सम्पुर्ण वागडोर टिचिङ , धरान र के यु बाटै उत्पादित डाक्टरको हातमा रहोस भन्ने भित्रि चाहाना प्रत्यक डाक्टरमा छ   । त्यसैले यो अभुतपुर्व किसिमको जुंगाको लाडाईमा डा . के सीका सहारा ति डाक्टर पनि हुन्छन् । जो नीजि मेडिकल कलेजबाट यस भन्दा अगाडि डाक्टर भैसकेका छन्  ।  उनीहरुले पनि अव धेरै डाक्टरहरु उपादन नहुन् र आफ्नो माग बढोस  भन्ने मनोकाँक्षा राखेका हुन्छन्। यसै कारणले लगभग सबै आजसम्मका डाक्टरहरु के .सीको पक्षमा हुन्छन् ।

आम जनताले बुझ्नु पर्ने सत्यता के हो ?

लाखौ खरावीको बावजुद पनि तत्काल केही बर्षको लागि विश्वमा पूँजीवादी अर्थव्यव्स्थाको विकल्प छैन र नेपालको संविधान २०७२ ले खुल्ला अर्थतन्त्र अर्थात पुंजीवादलाई स्वीकार गरेको छ । यस्तो अवस्थामा पूँजी भएको मानिसले तोकिएका सबै मापदण्ड पुरा गरी सकेपछि नेपाल अधिराज्यको कुनै पनि ठाँऊमा मेडिकल कलेज खोल्न पाउँछ । यसलाई रोक्ने अधिकार संविधान बमोजीम डा. के सी. संग रहदैन । अर्थात सोझो अर्थमा छैन ।

मेडिकल कलेज थपिदा देशलाई हुने फाईदा

नेपालमा मेडिकल पढ्न नपाएर हजारौ विद्यार्थि विदेशमा पढ्न जान्छन् । जस्तै चीन , भारत , बंगलादेश र अन्य मुलुकमा । त्यँहा पनि निशुल्क पढ्न पाईदैन नेपालबाटै पैसा भर्नु पर्दछ । तर्सथ मेडिकल कलेज खोल्ने कुरालाई रोकिनु हुँदैन । यसवाट करडौ रकम विदेशिनबाट रोकिन्छ ।

अर्को कुरा सरकारले अघिल्लो बर्ष सबै मेडिकल कलेजलाई प्रति विद्यार्थि रु ३५ लाख लिएर पढाउन पाउने व्यवस्था गरेको थियो । यस पटक शुल्क निर्धारण समितिले नयाँ तरिका सिफरिस गरेको छ जस अनुसार सिट संख्या अनुसार शुल्क फरक फरक तोकेको छ। 

नियम अनुसार कलेज चल्दछन् भने विरोध किन ?

माथिको धरातलीय अवस्थामा सबै कलेज सरकारले तोकेको मापदण्ड अनुसार चल्दछन् भने  यिनको विरोध गर्नु पर्ने कारण के ? यिनले रकम विदेशिन बाट रोकेका छन् , दुई तिन हजारलाई रोजगारी दिएका छन् , सरकारलाई कर तिरेका छन् । प्राविधिक शिक्षामा टेवा पु¥याएका छन् भने मेडिकल कलेज खोल्ने र अनुमति दिने प्रकृयामा अवरोध किन ?

अरु सबै कुरा बजारलाई छोडि दिइएको छ भने स्वास्थशिक्षा , अस्पताल , प्राविधिक शिक्षा आदि पनि खुला बजारनीति अनुसार हुनु पर्दछ । तर शिक्षकको योग्यता , आवश्यक पुर्वाधार , बिद्यार्थी , क्रेडिट आवर , ओजेटी  आदि सम्पुर्णमा अनुगमन गरेर सबै प्रकृया पुगेपछि  अनुमति दिने कुरामा कसैले पनि बिरोध गर्नु उपयुक्त देखिदैन ।

स्वास्थ शंवेदनशील बिषय हो । यसमा सबैपक्ष सतर्क हुनु  पर्दछ । सडकमा दुर्घटना बढ्यो भनेर यात्राको नै विरोध गरेर संसार चल्दैन । सडक , सवारी साधन र चालकको गुणस्तरमा ध्यान दिने  हो ।

गोविन्द के सी कै मार्गदर्शनमा चलेर निश्चय पनि सरकार गन्तव्यमा पुग्दैन ।  मेडिकल स्विकृति दिने क्रममा घुस चल्छ भने यसलाई रोक्ने मापदण्ड बनाउनु प¥यो , कमजोरी अन्यत्र छ भने पनि त्यँहा सुधार गर्नु प¥यो । छतबाट र भ¥याङबाट खसिने डर भए रेलिङको व्यवस्था गर्ने हो । घर बनाउने कुरालाई नै वन्द गरेर त कसरी संसार चल्न सक्ला ?

हरेक कुरा व्यस्थित गर्नु पर्दछ तर बच्चा  डुब्छन् भन्ने तर्कमा नदिलाई नै रोक्ने काम वैज्ञानिक होला र ? देशमा सुगरका रोगि बढे भन्ने आशंका चीनिमिल बन्द गर्ने तर्कबाट देश माथि उठ्नै  पर्दछ । 

यात्रु ठग्न नपाए बस ब्यबसायीले आन्दोलन गर्ने , उद्योग युनियनले बन्द गर्ने , मेडिकल कलेज भोख हड्तालले बन्द गर्ने र फास्टट्र्याक सरकारले रोक्ने  हो भने देशको विकास हुन्छ कसरी ? कसैले त भोलीको लागि पनि सोचोस ।

प्रस्तुत विचार लेखकका निजी विचार हुन्  । -सम्पादक 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved