सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र ब्रोकर लाइसेन्सबारे बहस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 11:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरि परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका छौं।

यस स्तम्भमा हामीले सेयर बजारसंग सम्बन्धित विशिष्ठ व्यक्ति, लगानीकर्ता, विश्लेषक, लेखक लगायतका व्यक्तिहरुबाट विभिन्न बिषयमा राय लिई समयसन्दर्भ अनुसार उहाँहरुको विचार प्रकाशित गर्छौ । यसै प्रयास अनुसार यस अघि हामीले 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र बजार सुधारमा तत्काल गरिनु पर्ने ५ कुरा'  बारे लगानीकर्ता तथा विश्लेषकहरुबाट राय संकलन गरेका थियौं।

आज हामीले सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र ब्रोकर लाइसेन्सबारे  लगानीकर्ता तथा विश्लेषकहरुबाट राय संकलन गरेका छौ । हाम्रो उदेश्य विश्लेषकहरुले दिनुभएको जाहेज सुझावलाई नियामक निकायले कार्यन्वयन गर्दै बजार सुधारको पथमा अघि बढोस भन्ने हो  । 

रोहण शर्मा -विश्लेषक तथा लगानीकर्ता

 

धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने तर नगरेका कुराहरु 
धितोपत्र बोर्ड ,नेप्से र अर्थ मन्त्रालय बिच सर्वप्रथम समान्वय हुनु जरुरी छ। एकले अर्कालाई दोष दिएर आफु उम्कने कोशीश गर्नु भएन । माथीकै कुरालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजानु पर्‍यो।

भएका ब्रोकरहरुलाई थप जिम्मेवारी दिने कि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु उपयुक्त ?
भएकै ब्रोकरको पनि कार्यक्षेत्र र दायरा बढाउनु पर्‍यो । तर फास्ट ट्रयाक बाट देशभर सेयर बजारको पहुँच पुर्‍याउनको लागी बैंकलाई ब्रोकर लाईइसेन्स दिनु अत्यावश्यक छ । प्रबिधी र सँजालको हिसाबले बैंकहरु दुर्गम भन्दा दुर्गम ठाउँ हरुमा पुगिसकेको अवस्था छ ।तसर्थ बजारमा सबैको सहज पहुँचको लागी बैंकलाई ब्रोकर लाईसेन्स अनिवार्यनै छ। 

सर्वसाधारण लगानीकर्तालाई तपाइँको सुझाब
लगानिकर्तालाई मुख्य सुझाव भनेको हल्लाको पछी नलाग्नुस् । तथ्यलाई केलाउने कोशीश गर्नुस् । कुरा सबैको हुन्नुहोस् निर्णय आफ्नो गर्नुहोस् । राम्रा राम्रा कम्पनीका सेयरमा दिर्धकालिन उदेश्य बनाएर लगानी गर्नुहोस्, नेपालको सेयर बजारको भबिश्य अत्यन्त सुन्दर छ अनि बजार प्रवेशको लागी अहिलेको अवस्था भनेको सुनौलो अवस्था हो भनेर भन्न चाहन्छु।

अब बजार प्रवेश गर्न चाहनुहुनेहरुले बजारको समग्र कारोबार भोलुमलाई हेर्नुहोला। घट्दो अथवा बढ्दो बजारमा लगानी सम्बन्धी निर्णय लिन करोबार रकमले ठुलो भूमिका खेल्दछ। ढुक्क भएर अहिलेको घट्दो बजारमा थोरै थोरै रकमबाट लगानी गर्न सुरु गर्नुहोस्, कम्तीमा पनि १ बर्षको उदेश्य लिएर लगानी गर्नुहोस्, तपाईंको लगानीले उच्चतम प्रतिफल पाउने कुरामा कुनै दुई मत छैन।

यो पनि: नेप्सेको पछिल्लो परिस्तिथि 'अस्तब्यस्त बनेको खोला बाढी पश्चात पुरानै बहावमा फर्किएको जस्तो' 

ज्योति दाहाल, सेयर लगानीकर्ता एवम् विश्लेषक

धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने तर नगरेका कुराहरु के के हुन ? 
बजार सुधारका लागि गर्नु पर्ने ५ कुराहरु  जुन वीस वर्षसम्म हुनसकेको छैन | यिनै कुराहरु तत्काल गरिदिएमा पूँजीबजार बिकासमा फड्को मार्न सकिन्छ |  

भएका ब्रोकरहरुलाई थप जिम्मेवारी दिने कि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु उपयुक्त ? 
व्यवसायलाई विशिष्ठिकरण गर्ने हो भने दलाल अनुमतिपत्र बैंकलाई दिनुहुन्न | अहिलेको समस्या बैंकलाई दलाल अनुमति नदिएर आएको हैन | आवश्यक छ भने नयाँ दलाल अनुमति खोले हुन्छ तर बैंकलाई दिनुहन्न | दलालमा समस्या छ भने त्यसको पहिचान गरि समस्याको समाधानमा वोर्ड लाग्नुपर्छ | बैंकलाई सिधै दिने पनि हैन बैंकको सहायक कम्पनीले पाउने हो | दलाल अनुमति जसले पाएपनि नियमन गर्ने त वोर्ड नै हो | मर्चेन्ट बैंकहरु बैंककै सहायक कम्पनी हुन् तरपनि RTS सम्बन्धि कार्य सहज भएको छैन बैंकलाई दिएर हुने भए मर्चेन्ट बैंकप्रति गुनासो आउने थिएन | 

सर्वसाधारण लगानीकर्तालाई तपाइँको सुझाब ? 
१.हल्लाको पछी नलाग्ने | 
२.वासलात र नाफानोक्सान हिसाब बुझ्ने | 
३.कम्पनी सम्बन्धित कानुनको थोरै ज्ञान लिने | 
४.नेपाल स्टक एक्सचेन्जमा आएको सूचनालाई बढी भार दिने  
५.समाचारको सत्यता पुष्टि आफैं गर्ने 
६.धितोपत्र सम्बन्धि कानुन पनि हेर्ने
७.आफूले शेयर किनेको कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्ने 
८.सम्बन्धित कम्पनीको वेवसाइट हेर्ने 
९.केन्द्रीय बैंक, विमा समिति, नेप्से, धितोपत्र वोर्डको प्रेस विज्ञप्ति, परिपत्र, निर्देशन आदि 

सेयर बजार बारे थप केहि ?
शेयरमा लगानी गरेर एकैपटक धनी हुने प्रयास गर्नु बेकार छ | हुने भए संसारमा गरिव कोहि हुने थिएन | सोचविचार गरेर लगानी गरे धनी नभए पनि लगानी खेर जाँदैन | शेयरबजार अहिल्यै आजै क्र्यास हुन्न | क्र्यास भनेको कम्पनी खारेज भनेको जस्तै हो | शेयर कारोबार गराउने नेपाल स्टक एक्सचेन्ज लिमिटेड खारेज हुनसक्ला तर शेयरबजार खारेज क्र्यास हुन्न |

यो पनि: 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन' 

राजन लम्साल: लगानीकर्ता तथा सदस्य नेपाल इन्भेष्टर फोरम

धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने तर नगरेका कुराहरू के के हुन् ?
तत्काल धितोपत्र दलाल व्यवसायीलाई काठमाडौं बाहिर अनिवार्य रुपमा शाखा खोली कारोबार गर्न लगाउनु पर्ने ।
पर्याप्त मात्रमा दक्ष र सक्षम जनशक्ति नियुक्त गरी काम छिटो छरितो गर्नु पर्ने ।
क्लियरिङ्ग बैंकको संख्या यथा शीघ्र थप गर्नु पर्ने ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ५१ प्रतिशत भन्दा बढि हिस्सा सर्वसाधारण तथा बोल कबोल गरी अन्तर्राष्ट्रिय एक्सचेन्जहरूलाई समेत लगानी रहने गरी बिक्री गर्ने ।

भएका ब्रोकरलाई थप जिम्मेवारी दिने कि बैंकहरूलाई पनि ब्रोकर लाईसेन्स दिनु उपयुक्त ?
ब्रोकरको संख्या जति बढि भयो त्यति मात्रामा लगानीकर्ताहरूलाई सहज हुन्छ । त्यसैले बैंकहरूले लाईसन्स पाएर ७५ जिल्लाबाट काम गरेमा धेरै राम्रो तर यसरी काम हुन समय लाग्ने भएकोले भएकै ब्रोकरबाट शाखा विस्तार गरी यथा शीघ्र कार्य गरी बजारमा नयाँ तथा पूराना लगानीकर्ताहरूलाई सहज कारोबार गर्ने वातावरण तयार गर्नु पर्ने ।

सर्वसाधारण लगानीकर्तालाई तपाईको सुझाब ?
शेयर बजारमा लगानीकर्तामा धैर्यताको अपरिहार्य हुन्छ । आजको भोली रातारात धनी बन्ने सपना बोकेर शेयर बजारमा प्रवेश गर्नु हुँदैन । सहि कम्पनी छनौट गरेर नगद लाभांश र बोनस शेयरबाट आफ्नो नाफा कमाउने लक्ष्य लिनु पर्दछ । शेयर बढ्दा बेच्न र घट्दा किन्ने बानी बसाल्नु पर्दछ । शेयर बजार पहिले भन्दा धेरै परिपक्क हुँदै गएको हुनाले हल्लाको पछि नलागी खरिद बिक्री गरेर पछुताउने अवस्था सिर्जना गर्नु हुँदैन । शेयर किन्नु भन्दा पहिले त्यस कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र उपयुक्त समयमा मात्र लगानी गर्नु पर्दछ । शेयर बजारका लगानीकर्ताको भविष्य उज्जवल छ ।

शेयर बजार बारे थप केही ?
शेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले राज्यले यसलाई उपेक्षा गर्ने काम विल्कुल गर्नु हुँदैन । धितोपत्र बोर्ड, स्टक एक्सचेन्जले समय सापेक्ष कामहरू अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक कारोबार प्रणाली छिटो भन्दा छिटो जडान गरी कारोबार गर्ने र अन्य सूधारका कार्यहरू समय सापेक्ष अगाडी बढाउँदै लैजाने कार्य गरेमा नेपालको शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको सदैव भविष्य उज्जवल छ ।

यो पनि: 'सेयर बजारमा प्रसस्त सम्भावना बोकेर प्रवेश गर्ने नयाँ लगानीकर्ताका लागि यो समय उपयुक्त' 

रामु खनाल, विश्लेषक तथा लगानीकर्ता

धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने तर नगरेका कुराहरु के के हुन ? 
नेप्सेले गर्नु पर्ने कुरामा Website update गर्नु पर्छ र सेबोनले आफुले स्वीकृत दिएका कुराहरू सार्वजनिक जानकारीको लागि तुरुन्तै update गर्नु पर्छ। 

ब्रोकर लाइसेन्स
त्यस्तै लाइसेन्स बैंकलाई दिनु पर्छ किनकि यसले यसको कारोबार देश ब्यापी हुन्छ र सबैले कारोबार गर्ने अवसर पाउछन्। 

लगानीकर्तालाई सुझाब 
कसैको हल्ला एवं सुझबुझ तवरले लगानी गर्नुहोस , बजार घट्छ बढछ हरेक अबस्थामा सम्ययमित हुनु होस ।

यो पनि: 'इन्साइड ट्रेडिङ र सूचना चुहावटले नयाँ तथा साधारण लगानीकर्तामा बजारप्रति आशंका '

रोशन पोखरेल,स्वतन्त्र लेखक तथा अनुसन्धानकर्ता

मोफसलबाटको कारोबारलाई सहज तुल्याउँदै दुर दराज सम्म शेयरबजारको उपस्थिती गराउँन पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुको बिकल्प छैन । जसबाट शेयरबजारको उज्वल भविष्य सुनिश्चित गर्नेमा आशावादी हुन सकिन्छ । शेयरबजारमा बिद्यार्थी, गृिहणी, ब्यवसायी, मजदूर सबैलाई स्वागत छ । आउनुस तर बजार भन्छ मलाई बुझेर आउनुस ।

यो पनि: 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थितिको कारण लगानीकर्ताको अस्वाभाविक मनोविज्ञान'  

सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र बजार सुधारमा तत्काल गरिनु पर्ने ५ कुराबारेको बहस   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved