व्यवसायीको चुनावः २ उपाध्यक्ष एक ठाउँ उभिँदा गोल्छाको समर्थन कसलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 03:26:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को ५४ औँ साधारणसभा तथा चुनाव साउन २५ र २६ गते हुँदैछ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीका कारण करिब ४ महिना पछि धकेलियो । महासंघको विधानअनुसार आगामी नेतृत्व वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पाउने छन् ।

वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतस् अध्यक्ष हुने महासंघमा व्यवस्था भएकाले अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुनेछ । वरिष्ठ उपाध्यक्षमा हाल एशोसियट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधानको दाबी छ। 

प्रधान यसअघि गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । रिक्त रहेको एक उपाध्यक्षमा प्रधानलाई सहमतिका आधारमा जिल्लानगर उपाध्यक्ष बनाइएको थियो । यसपाली हुने निर्वाचनमा भने गोल्छाले प्रधानलाई नै सघाउने बुझिएको छ । हालका एशोसियट उपाध्यक्ष ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिएका छन् । वरिष्ठ उपाध्यक्षमा श्रेष्ठले ढकाललाई सघाउने भएका छन् ।

को को छन् आकांक्षी ?

महासंघमा एशोसियट, बस्तुगत र जिल्लानगर गरी ३ उपाध्यक्ष रहने प्रावधान छ । एशोसिएट उपाध्यक्षका मतदाता करिब ९ सय छन् । वर्तमान कार्यकालको लागि ढकाल सर्वसम्मत रुपमा एशोसियट उपाध्यक्ष चयन भएका थिए । 

यसपाली भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईंले उम्मेद्वारी घोषणा गरिसकेका छन्। त्रिवेणी समूहका प्रवन्ध निर्देशक तथा एनआइसी एशिया बैंकका सञ्चालक रहेका उनलाई वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल समूहले सहयोग गर्ने देखिएको छ।  

एशोसिएट उपाध्यक्षका लागि ज्योति समूहका कार्यकारी निर्देशक शौरभ ज्योतिले पनि उम्मेदवारी दिँदै छन् । हाल महासंघको राजश्व समितिका सभापतिसमेत रहेका उनी अटो व्यवसायीको छाता संगठन नाडाको अध्यक्ष हुँदै महासंघमा प्रवेश गरेका हुन् । 

जिल्ला नगर उपाध्यक्षमा भने प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ र प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। ११० जिल्ला तथा नगरहरुबाट एक जना उपाध्यक्ष छानिनु पर्नेछ । यस पदका लागि २ वटा प्रदेश अध्यक्षहरु भिड्ने भएका छन् । तिवारीलाई ढकाल समूहले समर्थन गर्दा श्रेष्ठ समूहलाई प्रधान समूहले सहयोग गर्ने देखिन्छ। यद्दपी आफ्नो कुनै समुह नरहेको दाबी गरेका दिनेश श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकाललाई आफ्नो सहयोग रहने बताएका थिए। 

महासंघको बस्तुगत उपाध्यक्षमा भने क्वेष्ट फर्मा स्यूटिकलका मालिक उमेशलाल श्रेष्ठ र लक्ष्मी ग्रुपका अध्यक्ष अञ्जन श्रेष्ठ आकांक्षी देखिएका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि ढकालकै समर्थनमा उमेशलाल बस्तुगत उपाध्यक्षमा नै दोहोरिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टीका नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेतृ स्वर्गीय साहना प्रधानका छोरासमेत रहेका उनी ३ कार्यकाल महासंघको सदस्य हुँदै उपाध्यक्ष बनेका थिए । महासंघका आउनुअघि उनी ३ कार्यकाल नेपाल औषधी उत्पादक संघको नेतृत्वसमेत गरेका व्यक्ति हुन् ।लक्ष्मी ग्रुपका अध्यक्षसमेत रहेका अञ्जन श्रेष्ठ भने नाडाका अध्यक्ष भइसकेका व्यक्ति हुन् । महासंघमा हाल १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय संगठन गरी १२१ संघ छन् । 

यसअघि उपाध्यक्षमा उम्मेदवारि दिने बताउँदै आएका डिवी बस्नेत, दिलसुन्दर श्रेष्ठ र अरुण सुमार्गी भने अहिले उम्मेद्वारीका विषयमा बोलेका छैनन्। तर हाल महासंघको मेला सभापति रहेका दिल सुन्दर श्रेष्ठ महासंघ प्रदेश ३ अध्यक्ष वा केन्द्रिय सदस्यका दावेदार हुन् ।

महासंघको प्रदेश अध्यक्ष, प्रदेश प्रतिनिधि र जिल्ला नगरको संस्थापक सदस्यले मतदान गर्न सक्नेछन् । जिल्ला नगर अध्यक्षले केन्द्रको वरिष्ठ उपाध्यक्ष छान्न पाउँछन् । वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको ५०, बस्तुगत तर्फको ३० र एसोसिएट्सको २० प्रतिशत मत रहन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved