'युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन हुन्नथ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 01:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले अफ्टयारो समयमा अर्थ मन्त्रालय खाली राख्न नहुने बताएका छन् । कोरोना भाइरसका कारण मूलुकको अर्थतन्त्र नै धराशायी हुँदै गएको अवस्थामा राजनीतिक स्वार्थका कारण अर्थतन्त्र बुझेका डा. युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाइनु  दुःखद भएको बैद्यले बताए।

‘अहिलेको असहजिलो अवस्था ह्याण्डल गर्न सरकारले ध्यान पुर्याएको देखिँदैन’ वैद्यले भने, ‘यस्तो महत्वपूर्ण समयमा अर्थतन्त्र बुझेका बिज्ञ व्यक्तिलाई अर्थमन्त्रीबाट राजीनामा गराउन हुन्नथ्यो।’ 

‘राजनीतिक कारण होला, त्यसमा हामीले केही भन्न पनि सक्दैनौँ, हामीलाई राजनीतिक विषय थाहा पनि हुँदैन’ वैद्य भन्छन्, ‘तर यस्तो अफ्ट्यारो बेलामा अर्थ जस्तो संवेदनशील मन्त्रालय खाली राखिनु गलत हो।’

डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा मनोनित नहुने भएपछि गत शुक्रबार अर्थ एवम् सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए। त्यसयता प्रधानमन्त्री केपी शर्मा ओलीले नै दुबई मन्त्रालय सम्हालेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved