नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 07:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा मङ्सिर ११ र १२ गते हुने भएको छ। आज शुक्रबार दिउँसो ४ बजे सचिवालय कार्यलय टेकुमा  बसेको महासंघको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ गते साधारणसभा गर्नलाई सुझाब दिएको हो। 

अन्य कुनै प्रतिकुल परिस्तिथि सृजना नभएमा साधारणसभा मङ्सिर ११ र १२ गते नै हुने महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बिजपाटीलाई बताए। 

काठमाडौंमा साधारणसभा हुने समेत उनले बताए। कुनै कारणबस काठमाडौंमा हुन नसकेको अवस्थामा अन्य विकल्प खोजेर भएपनि तोकिएको समयमा साधारणसभा हुने उनले बताए। 

कोभिड १९ का कारण महासंघको निर्वाचनको मिति धकेलिँदै आएको छ। यसअघि चैत २८ र २९ गते तय भएको महासंघको ५४औं साधारणसभा कोभिड १९ का कारण जेठको पहिलो साता सरेको थियो। 

जेठको पहिलो साता हुन नसकेपछि साउन २६ र २७ गतेका लागि तय गरिएको थियो तर कोरोनाको निषेधाज्ञा लागू भएपछि साधारणसभा अनिश्चितकाललाई स्थगित भएको थियो। छिट्टै निर्वाचन गर्नलाई निर्वाचन मोडालिटी बनाउन गठित ६ सदस्सीय समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष सुझाव प्रतिवेदन पेश गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved