म्याद गुज्रेको सामान बेच्ने आयनका ब्यबस्थापक थुनामा, मुख्य संचालक १ करोड धरौटीमा रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 07:21:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले म्याद गुज्रेको सामान बेच्ने आयन इन्टरनेशनलका ब्यबस्थापकलाई थुनामा पठाएको छ । विभागले अनुसन्धानको आधारमा  आयानका ब्यबस्थापक रोनक बोथरालाई म्याद थप गरी ५ दिनको लागि थुनामा पठाएको हो ।

त्यस्तै विभागले आयानका मुख्य संचालक रहेकी पुष्पादेवी अग्रवाललाई १ करोड बराबरको १ वर्ष अवधिको बैंक ग्यारेन्टी धरौटी वापत  जमानत लिई साधारण तारेखमा रिहा गरेको छ । पक्राउ परेका अन्य ६ जना साधारण तारेखमा रिहा भएका छन् । उनीहरु गोदाम भित्रको काम र ढुवानीमा संलग्न रहेको विभागले जनाएको छ । तारेखमा छाडिएका सबैलाई असोज २० गते थप सोधपुछको लागि विभागमा बोलाईएको छ ।

विभागले गत बिहिबार अनुगमनको क्रममा  म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरुमा नयाँ म्याद राख्ने गरेको भेटेपछि  त्यस कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको थियो । विभागले म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरेको थियो ।  ८ जना मध्ये १ जनालाई थुनामा राखेर अरुलाई छाडिएको हो ।  

यो पनि : 

विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको छापा (भिडियो सहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved