माछापुच्छ्रे बैंकको सीइओमा कोइराला नियुक्त, २१ वर्षको बैंकिङ अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 09:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन। बैंकको आज बसेको संचालक समितिको बैठकले कोइरालालाई बैशाख १ देखि लागू हुने गरि आगामी ४ बर्षको लागि सीईओ नियुक्त गरेको बैंकका एक संचालकले जनाए। 

सुमन शर्माले सीईओ पद छाडेपछि कोइरालालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। ७ वर्ष अगाडी माछापुच्छ्रे आएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए।  २१ वर्षको बैंकिङ अनुभव रहेका कोइराला यस अगाडी बैंक अफ काठमाण्डू र सानिमा बैंकमा काम गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved