बिज्ञापन संघका पुर्व अध्यक्षको आग्रहमा होटल मेरियटमा भेला, सँस्था फुटाउन खोजेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 06:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष निर्मल राज पौडेलमाथि बिज्ञापन संघ फुटाउन खोजेको आरोप लागेको छ। पौडेलले होटल मेरियटमा बिज्ञापन एजेन्सी र मिडियाका मालिकलाई छलफलमा डाकेको सूचना चुहिएपछि उनीमाथि यस्तो आरोप लागेको हो। 

यद्दपी वेलकम एडभरटाइजिङ्ग एण्ड मार्के्टिङ्ग का प्रबन्ध निर्देशक समेत रहेका पौडेलले लकडाउनका कारण लामो समयदेखि भेटघाट नभएकाले होटल मेरियटमा आफु निकट बिज्ञापन एजेन्सी र केहि मिडियाका मालिकहरुसंगको भेट डाकेको बताए। 

बिज्ञापन संघका एक पदाधिकारीले बिज्ञापन संघको बिकल्प खोज्नकै लागि पुर्वअध्यक्ष पौडेलले अहिले कोरोना जस्तो महामारीको बेला पनि हतार हतारमा होटल मेरियटमा मान्छे भेला गरेर छलफल डाकेको आरोप लगाएका छन्। 

'लकडाउनले सृजना गरेको अवस्था र अबको रणनीति कस्तो हुन् सक्छ भन्नेबारे छलफल गर्न डाकिएको विशुद्ध अनौपचारिक भेटघाट हो' उनले भने, 'यो भेटघाटलाई बिज्ञापन संघसँग जोडेर हेरिनु गलत हुन्छ, यहाँबाट निस्केको निस्कर्षलाई भोलि औपचारिक रुप दिने काम संघ मार्फत नै हुनेछ।' 

तर बिज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले पुर्वअध्यक्षको नेतृत्त्वमा छलफल हुनु तर बिज्ञापन संघका अध्यक्षलाई जानकारी नहुनुले संघमाथि पुर्व अध्यक्षको असन्तुष्टि रहेको देखिने बताए।  

'कहीं कतै बिज्ञापन संघ भन्दा बाहिर अर्को संघ पनि बन्न सक्छ भन्ने तयारिको साथ यस्तो छलफल भएको हुन सक्छ, बिज्ञापन संघलाई जानकारी नदिई यस्तो छलफल हुनु संघलाई तर्साउन खोजिएको पो हो कि भन्ने देखिन्छ' अध्यक्ष रिजालले भने। पुर्व अध्यक्षबाट राजिनामा दिएपछि मात्र यस्तो कार्य गर्नुपर्ने समेत रिजालले पौडेललाई सुझाब दिए। 

बिज्ञापन संघको बिकल्प खोज्न भेटघाट राख्नुभएको त होइन भन्ने प्रश्नको उत्तरमा उनले त्यस्तो केहि नभएको जवाफ दिए। पौडेलले होटल मेरियटमा आज साढे ४ बजे करिब डेढ दर्जन बिज्ञापन एजेन्सी र केहि मिडियाका मालिकसँग छलफल गर्ने कार्यक्रम रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved