९ विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 08:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरका नौं विकास बैंकले एकै दिन नयाँ ब्याजदर सार्वजनिक गरेका छन। सार्वजनिक ब्याजदरअनुसार अधिकांश विकास बैंकले न्युनतम ब्याजदर घटाएका छन। 

महालक्ष्मी बिकास बैंक बाहेक सबैले बचतमा न्यूनतमतर्फ ०.५ प्रतिशतले घटाएर ६.५ निर्धारण गरेका छन भने पुरानो ३ प्रतिशतबाट बढाएर साढे ६  प्रतिशत पुर्याएको छ। तर देव बाहेक अन्य विकास बैंकले बचतमा अधिकतम ७ प्रतिशत ब्याज कायम गरेका छन। तर देवले ०.५ प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ। 

त्यस्तै मुद्दती निक्षेप तर्फ विकास बैंकले अधिकतम १० प्रतिशत कायम गरेका छन तर न्युनतम तर्फ भने धेरैले ०.५ प्रतिशतले घटाएर ९.५ प्रतिशत निर्धारण गरेका छन। ९ विकास बैंक मध्ये कामना, संग्रिला, गारिमा, लुम्बिनी, महालक्ष्मी र ज्योतिको बचत र मुद्धती खातामा एउटै व्याजदर कायम गरिएको छ।   . 

सबैको नयाँ ब्याजदर भदौ ५ देखि नै लागू हुने जनाइएको छ। यि बैंकहरुले बचतमा ६.५ प्रतिशत देखि अधिकतम ७ प्रतिशत र मुद्धतीमा ९.५ प्रतिशत  देखि अधिकत्तम १० प्रतिशत व्याजदर निर्धारण गरेका छन। 

यस्तै कैलाशले बचतमा ६.५ देखि ७ प्रतिशत र मुद्धतीमा ९.५ देखि १० प्रतिशत व्याजदर कायम गरेको छ। देवः ले बचतमा ६.५ प्रतिशत र मुद्धतीमा ८  देखि १० प्रतिशत व्याजदर कायम गरेको छ। यस्तै मुक्तिनाथले बचतमा ६.५ देखि ७ प्रतिशत  र मुद्धतीमा ९ देखि १० अधिकतम  प्रतिशत व्याजदर निर्धारण गरेको छ।

अधिकांशको आधार ब्याजदर उस्तै 

अधिकांस विकास बैंकको ब्याजदर उस्तै देखिएको छ। देवको आधार ब्याजदर १०.९४ प्रतिशत छ भने अन्यको ११ प्रतिशत भन्दा माथि छ। विकास बैंकले जारी गरेको सूचनाअनुसार आधार दरमा १ देखि ७ प्रतिशतसम्म प्रिमियत राखेर नयाँ ब्याजदर सार्वजनिक गरिएको हो। यसलाई आधार मान्दा विकास बैंकबाट ऋण लिनेहरुले ऋण र ग्राहकको प्रकृति हेरेर १३ देखि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउनेछ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved