आइएमई पे र लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited वीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । सम्झौतापछि बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।