कामना सेवा विकास बैंकको एकैसाथ दुई शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 07:58:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले एक साथ दुईवटा शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा नं १ मा र झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा एक/एक वटा शाखा सञ्चालनमा ल्याएको हो ।

इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए । यसैगरी इटाभट्टा शाखाको उद्घाटन मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले १२२ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved