मुक्तिनाथ विकास बैंकको प्रदेश ५ मा विभिन्न छुट सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 07:03:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले प्रदेश ५ अन्तर्गत विभिन्न जिल्लाहरुमा रहेका विद्यालय, होटल तथा लजहरुसंग छुट सम्बन्धी सम्झौता गरेको छ ।

 बैंकले दाङ्गको घोराहीमा अवस्थित भिङग्रली भिलेज रिसोर्ट तथा तुल्सीपुरमा रहेको पार्क फुड क्याफे एण्ड लज, डिलाईट कर्नर र द फेमिलि रेष्टुरेन्टको सेवामा ग्राहकले १० प्रतिशत छुट पाउनेगरी सम्झौता गरेको छ । त्यसतै बर्दियाको गुलरीयामा रहेको कृष्णसार रिसोर्टमा खाना तथा पेय पदार्थमा ग्रहकले २० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ । त्यसैगरी बाँकेको कोहलपुरमा अवस्थित ग्रीन पिस माध्यमिक विद्मालयमा भर्ना शुल्कमा २५ प्रतिशत छुट हुने बैंकले जनाएको छ । 

सम्झौता अनुसार बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त छुट प्राप्त गर्न सक्नछन्  ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved