मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले केन्द्रीयकार्यालय भवन निमार्णको लागि भूमीपूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकले सोमबार काठमाण्डौँको लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमीपूजा तथा भवनको शिलन्यास गरेको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले शिलन्यास गरेका हुन् । बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने र बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने जनाइएको छ ।