गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश संसोधन गरेको छ। नेपाल राष्ट्र बैंकसँगको छलफलपछि यसअघि प्रस्तावित लाभांश संसोधन गरिएको लघुवित्तले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ।
गुराँस लघुवित्तले सेयरधनीलाई अब ७.६१% बोनस सेयर दिनेछ भने बोनसमा लाग्ने करका लागि ०.४०% नगद लाभांश पनि वितरण गर्नेछ। लघुवित्तले यसअघि ८.३८७% बोनस सेयर र ०.४४१% नगद वितरण गर्ने घोषणा गरेको थियो।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तामा वितरण हुनेछ। लघुवित्तले २०७५–७६ को सञ्चित मुनाफाबाट लांभाश दिन लागेको हो। बोनस सेयर वितरणपछि गुराँसको चुक्ता पुँजी ८ करोड ३७ लाख पुग्नेछ ।