मञ्जुश्री फाईनान्स Manjushree Finance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले १.७५ प्रतिशत बोनस शेयर र ९.८० प्रतिशत नगद लाबहंश (कर प्रयोजनको लागि समेत) गरि कुल ११.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रहेको छ ।