स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 09:01:59 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड Standard Chartered Bank Nepal Limited  ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७६७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि ११ .८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

बैंकको कात्तिक १३ गते बसेको ४०३ औं संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीहरुमा वितरण हुनेछ । 

बैंकको चुक्ता पुंजी ८ अर्ब १ करोड रहेको छ भने बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड मुनाफा आर्जन गरेको थियो । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved