प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा निजिलाई पुल्पुल्याउनु नपर्ने क्षेत्र भएको बताएका छन। राष्ट्रिय शिक्षा नीति निर्माणको लागि नेपाल सरकारद्वारा गठित उच्चस्तरित राष्ट्रिय शिक्षा आयोग द्वारा तयार पारिएको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निजि क्षेत्रलाई शिक्षाबाट भगाउने बताए।
'सामुदायिक बिद्यालयको स्तर उठाएर यस्तो बनाउछौं कि निजिलाई हेर्ने नपर्ने अवस्था आउँछ' प्रधानमन्त्रि ओलीले भने, 'निजि बिद्यालय अहिले नै बन्द गर्यौं भने हालत खराब हुन सक्छ, पहिले सामुदायिक बिद्यालयको स्तर उठाउछौँ, अनि यस क्षेत्रबाट निजिलाई भगाउछौं तर निजिलाई प्रतिबन्ध गरेर होइन।'
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको शिक्षासंग सम्बन्धित प्रतिबेदन बुझ्दै प्रधानमन्त्री ओलीले सरकार आफैले शिक्षा क्षेत्रको बिकास तथा बिस्तार गर्ने बताए।
मन्त्री पोखरेलको नेतृत्त्वमा आयोगले उक्त प्रतिबेदन बिभिन्न ४ हजार भन्दा बढी सरोकारवालाहरुसंगको छलफल पश्चात ५ महिना ७ दिनमा तयार गरेको हो। राष्ट्रिय शिक्षा नीति निर्माणको लागि तयार गरिएको उक्त प्रतिबेदन निर्माणमा २५ सदस्य रहेका थिए।