प्रदेश २ मा एसईईका बाँकि सबै परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 08:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ अन्तर्गतको एसइईको बाँकि सबै परीक्षा स्थगित भएको छ । परीक्षा अगाडी नै प्रश्न पत्र बाहिरिएपछि सरकारले प्रदेश २ मा चैत्र २१ गतेसम्मको लागि तोकिएका  सम्पूर्ण परीक्षा अर्को सूचना जारि नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चैत्र २१ गतेसम्मका लागि तय भएका बाँकि परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको जानकरी दिए । यस बाट प्रदेश २ का २ सय ६२ केन्द्रका ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित हुने छन् । यद्यपि चैत्र २२ गतेको लागि तय भएको बिज्ञान परीक्षा भने सोहि दिन संचालन हुने छ। 

बिज्ञान बिषयको प्रश्न पत्र बाहिरिएपछि बिहिबारको परीक्षा स्थगित भई २२ गतेको लागि तय भयको थियो । शुक्रबारको लागि तय भएको सामाजिकको परीक्षा पनि प्रश्न पत्र बाहिरिएपछि स्थगित भएको थियो ।

बाँकि रहेका परीक्षा चैत्र महिना भित्रै हुने गरी नयाँ तालिका सार्बजनिक गरिने मन्त्री पोखरेलले जानकारी दिएका छन् । साथै उनले प्रश्नपत्र बाहिरिनु आपराधिक घटना भएको र यस बिषयमा छानविन सुरु भएकोले दोषी जु सुकै भएपनि कारबाही गरिने बताए । साथै उनले सम्पूर्णलाई संयमित हुन् पनि आग्रह गरेका छन् ।

बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो । प्रदेश २ मा परीक्षा स्थगित हुने भएपनि अन्य प्रदेशमा जारी रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved