इप्लानेटले अष्ट्रेलियन शैक्षिक मेला भर्चुअल माध्यमबाट गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 02:19:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले असोज १६ गते शुक्रबार भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्ने भएको छ । कन्सल्टेन्सीले कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा  नै मेला आयोजना गर्न लागेको हो । 

अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी हुने कम्पनीले जनाएको छ । मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । 

त्यस्तै, मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।

प्लानेटले Online PTe|IELTs\ Class, Online Abroad Qmudy & Career Counseling, E-Planet IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ ।

यसकासाथै सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराइएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved