जलविद्युत कम्पनीलाई थप आर्थिक भार, पिपिए शुल्क नै २० लाखसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 12:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बिद्युत खरिद सम्झौता पिपिए गर्दा जलविद्युत कम्पनी हरुले थप आर्थिक भार पर्ने भएको छ ।  नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय बिद्युत नियमन आयोगले पिपिए गर्दा सेवा शुल्कको ब्यबस्था गरेपछि कम्पनीलाई आर्थिक भार पर्ने भएको हो। 

आयोगले " विद्युत नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धि निर्देशिका" को (मस्यौदा) सार्वजनिक गरेको छ।  मस्यौदामा पिपिए गर्दाको नयाँ सेवा शुल्क प्रस्ताव गरिएको छ 

जस अनुसार एक सय किलोवाटदेखि एक मेगावाट सम्मका आयोजनाले एक मुष्ट रुपमा १ लाख तिर्नु पर्ने छ। त्यस्तै १ देखि १ हजारसम्मका आयोजनाले प्रति मेगावाट १० हजार तिर्नु पर्ने छ । १ हजार मेगावाट भन्दा माथिका आयोजनाले एक मुष्ट २० लाख तिर्नु पर्ने छ  

आयोगले मस्यौदामा सल्लाह सुझाव दिन सरोकारवालाहरुलाई आग्रह पनि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved