रसुवाको भोटेकोशीमा भिषण बाढी, रसुवागढी आयोजना जाने पुल बगायो, कर्मचारी सुरक्षित स्थानतर्फ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 08:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भोटेकोशी नदीमा आइतबार राति भिषण बाढी आएको छ । चीन तर्फ भारी बर्षा भएकोले भोटेकोशी नदीको बहाव बढ्ने घट्ने क्रम भईरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

बाढीले टिमुरे भन्सार कार्यालय (सुख्खा बन्दरगाह)बाट रसुवागढी जलविद्युत आयोजनतर्फ जाने बेलीव्रिज बाढीले बगाएको  र  पावर हाउस क्षति गर्न सक्ने भएकाले पावर कट अफ गर्न समेत भनिएको प्रशासनले जनाएको छ। 

रसुवाका स्याफ्रुवेशी, गुमचेत, मैलुङ, पहिरोबेशी, शान्तिवजार र खाल्डेसम्मका बस्तीहरूमा हाई अलर्ट रहन र अहिले घरबाहिर सुरक्षित बस्न  प्रशासनले आग्रह गरेको  । प्रशासन कार्यालयका अनुसार रसुवागढी टिमुरे क्षेत्रका भोटेकोशी छेउछाउका आयोजनाका घरहरूबाट मानिसहरू अहिले सुरक्षित स्थलतर्फ आईसकेका छन् ।

 भन्सारको यार्डसम्म पानी आउने देखिएकोले यार्डका गाडीहरू हटाउन  थालिएको र यो समाचार तयार पार्दासम्म ३२ वटा गाडीहरू हटाईसकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved