विद्युत प्राधिकरणमा इन्ट्री गरेपछि कुलमानका २६ 'कमाल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:27:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको तीन वर्ष पूरा भएको छ । उनले जिम्मेवारी सम्हाल्दा वर्खामा समेत ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको थियो । प्राधिकरण ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा रहेको थियो भने हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो  । 

 तर कुलमान आएसंगै लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आपूर्ति हुन थालेको छ । ३ वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको छ । तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा ठूलो सफलता हात पारेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै कुलमानको आगमनसंगै प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ । 


यस्ता छन ३ बर्षको अवधिमा कुलमानको नेतृत्वमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुः 


(१) वित्तीय तथा प्रशासनिक सुधारतर्फ

● आर्थिक वर्ष २०७२÷७३ मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले  आव ०७३÷७४ मा रु १ अर्ब ४७ करोड, आ व ०७४÷७५ मा रु २ अर्ब ८५ करोड र  आव ०७५÷७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन । 

●आर्थिक वर्ष २०७२÷७३ मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३÷७४मा रु २८ अर्ब १७ करोड, आव ०७४÷७५मा रु २५ अर्ब ५९ करोड र  आव ०७५÷७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल ।  

● आर्थिक वर्ष २०७२÷७३ मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३÷७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४÷७५मा रु ६१ अर्ब ९७ करोड र  आव ०७५÷७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे ।  

● ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको, प्राधिकरणले ग्राहकलाई  दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत महशुल वक्यौता असुली लगायतलाई मूख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको । 

● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाएको ।  

● मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयहरुलाई प्रादेशिक कार्यलयहरुमा रुपान्तरण गरिएको ।  

(२) उत्पादन 

● विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको, १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको । 

●विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजनाहरु संचालनमा आएको ।

 ●प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको ।

● भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको । 

●प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका ।

● १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाईएकोे । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको । 

 (३) प्रसारण 

● आव २०७२÷७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९०  सर्किट किलोमिटर पुगेको, गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको । 

● लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोर सहित  प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्का प्रकृया शुरु गरिएको । 

● ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र  विहारवीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरिएको ।

● विगत तीन वर्षभित्र नयां निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको । 

(४) वितरण तथा ग्राहक सेवा

● तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको, गार्हस्थ, सामुदायीक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५  लाख पुगेको । 

● ३३ केभी र सोभन्दा मुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई चार्ज गरेको ।

● नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एम.भि.ए. क्षमताका वितरण सव्स्टेसनहरु प्रणालीमा थप गरिएको । करिव दश हजार वटा वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाएको । 

● ग्राहकले विद्युत महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको । 

● स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको । 

●देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुत गतिमा अगाडि बढाएकोे । 

● काठमाडौं उपत्यकमा जथाभावीरुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको । काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमा भूमिगत वितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको ।

चुहावट नियन्त्रण 

● तीन वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको । 

(५) विद्युत व्यापार 

●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको  विद्युत खरिद संझौता (पीपीए) भएको । आव २०७२÷७३मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३÷७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४÷७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५÷७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको । 

●नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत अदान प्रदान समितिको बैठक लाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक वसी विद्युत व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved