एउटै आयोजनाबाट बिजुली र सिँचाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 10:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ ।

यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । “एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भने  । आयोजना आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण शुरु भएको थियो । साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताए । आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो । आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो । उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ । “उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ”, अध्यक्ष बुढाले भने ।

तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाखमा काम शुरु गरिएको थियो । त्यसपछि सांसद विकास कोषको रु ३० लाख, सूर्य सामाजिक सेवा सङ्घको रु २० लाख र पातारासी गाउँपालिकाको रु ७५ लाख लागेको छ । सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved