कुलमानको अनुमान फेल हुँदा जाडोमा सास्ती

माग लक्ष्मीपुजाको दिनभन्दा पनि उच्च, भारतबाट ५ सय मेगावाट आयात
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 03, 2020 | 02:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय राजधानी काठमाडौँको विद्यूत माग अप्रत्यासित रुपमा बढ्दा विद्युत वितरण प्रणाली मै समस्या देखिएको छ । जसका कारण उपत्यकामा एकै दिनमा दर्जनौ पटक बत्ति झ्याप्प झ्याप्प जाने समस्या बढेको छ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गर्दै आएका थिए । लोडसेडिङ पनि अन्त्य भएको र प्राधिकरणले नै आग्रह गरेपछि उपभोक्ताले विद्युतीय उपकरण अधिक मात्रामा नै प्रयोग गर्न थाले । तर वितरण प्रणालीमा प्रयोग भएका कमजोर उपकरणले अचानक बढेको लोड नै धान्न सकेन । जसका कारणल उपभोक्ताले लोडसेडिङ हुँदाको समयको समस्या भोग्नु परेको छ । यतिसम्म कि बत्ति झ्याप्प आउने जाँदा हुँदा कतिपय उपभोक्ताको हिटर लगायतका विद्युतीय उपकरण नै पड्किएको भेटिएको छ 

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल काठमाडौँ उपत्यका र काभ्रेको लोड ४ सय ३४ मेगावाटसम्म पुगेको छ । यसरी ह्वात्तै माग बढ्छ भन्ने अनुमान पनि नगरिएको प्राधिकरणका प्रबक्ता प्रबल अधिकारी बताउछन् । यो माग ३५० मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान थियो । नेपालमा सबै भन्दा बढी बिजुली माग लक्ष्मी पुजाको दिन नै हुने मानिन्छ । २०७६ को लक्ष्मी पुजाको दिन काठमाडौँको कुल माग ३३१.३० मेगावाट थियो । साथै देशभरको माग १०८८.८ मेगावाट पुगेको थियो



तर अहिले काठमाडौँ कै लोड ४३४ मेगावाट र देशभरको उच्च माग १३ सय मेगावाट पुगेको छ प्राधिकरणका अनुसार हाल प्राधिकरणको आयोजनाबाट ५०० मेगावाट, निजि प्रबर्दकबाट ३०० सय मेगावाट आपूर्ति भईरहेको छ माग उच्च बढेपछि ५ सय मेगावाट भारतबाट आयात भईरहेको प्राधिकरणले जनाएको छ

यसरी माग ह्वात्तै बढेपछि वितरण प्रणालीले लोड धान्न नसकेर झ्याप झ्याप बत्ति जाने गरेको प्राधिकरण बताउछ चिसो बढेको कारण उपभोक्ताले हिटर, इलेक्ट्रिक गिजर, लुगा धुने मसिन, इन्ड़कसन कुकर लगायतका विद्युतीय उपकरण अत्यधिक रुपमा प्रयोग गर्न थालेका छन् । अचानक प्रणालीमा लोड थपिँदा सिस्टमले नै नधानेपछि यो प्राधिकरणको लागि पनि टाउको दुखाईको विषय बनेको छ कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणका प्रबक्ता प्रबल अधिकारी समस्या समाधानको लागि काम भईरहेको बताउछन् । उनका अनुसार बढी समस्या भएको क्षेत्र भक्तपुर सबस्टेसनमा ट्रान्सफरमर थपिएको छ । २२.५ एमभिए क्षमताको ट्रान्सफरमर थपेपछि समस्या समाधान भएको उनको भनाई छ त्यस्तै स्युचाटार सबस्टेसनमा पनि ३० एमभीएको ट्रान्सफरमर थपेको उनी बताउछन् समस्या आएका अन्य स्थानमा पनि ट्रान्सफरमर फेर्ने, क्षमता थप्ने लगायतका कार्य निरन्तर भईरहेकोले करिब एक हप्ता भित्रमा झ्याप झ्याप बत्ति जाने समस्या समधान हुने उनको विश्वास छ ।

तर यो समस्याको दीर्घकालीन समाधान भने काठमाडौँ उपत्यकाको लागि नयाँ प्रसारण लाइन निर्माण नै रहेको प्राधिकरण बताउछ प्रबक्ता अधिकारी भन्छन् ‘नयाँ प्रसारण लाइन नबनाएसम्म यो समस्याको दिगो समाधान हुदैन तर अहिले संरचना निर्माण गर्न स्थानीय कै अवरोधले कठिन छ ‘।

१२ बर्ष अगाडीदेखि निर्माण सुरु गरिएको थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन चापागाउँमा स्थानीयले अवरोध गरेकै कारण पुरा हुन् नसकेको उनी बताउछन् उनी भन्छन् ‘दुईतर्फ काम भईसक्यो तर बीचमा पर्ने चापागाउँमा अवरोध छ, काम पुरा गर्न सकिएको छैन’ ।

अहिले चक्रपथ सुधार आयोजनाको लागि रुख काट्ने क्रम चलेकोले त्यसको लागि बिहान १० बजेदेखि ५ बजेसम्म महाराजगन्ज क्षेत्रमा विद्युत आपर्ति बन्द गर्ने गरिएको छ । त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न प्राधिकरणले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved