ग्राहकले किन पाएनन् प्राधिकरणले दिने भनेको २५ प्रतिशत महशुल छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 09:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन अवधिको विद्युत महशुलमा  छुट दिने निर्णय गरेपनि ग्राहकहरुले भने उक्त छुट सुविधा पाउन नसकेको गुनासो गरेका छन् । ग्राहकहरुले आफुले बिजुली महशुल भुक्तानी गर्दा छुट सुविधा नपाई पुरै रकम भुक्तानी गरिरहेको गुनासो गरेका हुन् । 

मन्त्रिपरिषद्को चैत्र १६ गते आइतबार बसेको  बैठकले  एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको थियो। त्यस्तै पछि सरकारले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको थियो । साथै मासिक २५० युनिटसम्म विद्युत महसुल खपत गर्ने गार्हस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय सरकारले गरेको थियो ।

सरकारले यो छुट लकडाउन अवधिभरको लागि भएको जनाएको थियो । तर ग्राहकहरुबाट सुविधाबाट बन्चित भएका हुन्  । नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भने सरकारले निर्णय गरिसकेको अवस्थामा सबै प्रकारका ग्राहकले उक्त छुट पाउने  र छुट सेवा दिईरहेको दाबी गर्छन   सरकारले गरेको निर्णय र प्राधिकरणको संचालक समितिको बैठकले छुट दिने बारे गरेको निर्णय केहि फरक भएकोले सरकारको निर्णयलाई 'इन्डोर्स' गर्न केहि समय लागेको भएपनि अहिले भने छुट सेवा दिईएको उनी बताउछन्  

यदि कति कतै कोहि ग्राहकले छुट सेवा नपाएको भए आगामी महिनाको महशुलमा रकमलाई समायोजन गरिने भएकोले छुट पाउनेमा  ढुक्क हुन  उपकार्यकारी निर्देशक न्यौपानेले आग्रह गरेका छन्  उनका अनुसार लकडाउन अवधिभर नै छुट हुने भएकोले अहिले छुट नपाएको भए अर्को पटक बिल भुक्तानी गर्दा रकम समायोजन हुने छ  । उनले भने 'छुट नपाउने भन्ने हुदैन, यदि अहिले छुट नपाएको भए अर्को पटक छुट पाइन्छ' । उदाहरण दिदै उनले भने 'यदि कुनै ग्राहकले अहिले ५० रुपैयाँ छुट पाउनु पर्ने थियो तर पाइएको छैन भने अर्को पटकको महशुलमा २ सय उठेको छ भने १५० मात्र तिरे हुने गरी समायोजन हुन्छ' । उनले अनलाईन माध्यमबाट वा काउन्टर मै गएर रकम भुक्तानी गरे पनि छुट पाइने बताए  

अनलाइनबाट विद्युत महशुल तिर्ने सेवा दिईरहेका भुक्तानी सेवा प्रदायकहरु पनि यदि यो महिनामा छुट नपाइएको भए अर्को पटक समायोजन हुने बताईरहेका छन् । 

उता प्राधिकरणको संचालक समितिका अध्यक्ष समेत रहेका  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पनि पटक पटक यो महशुल छुट सबै प्रकारको ग्राहकलाई भएकोले भाडामा बस्नेले पनि यो छुट पाउने बताउदै आएका छन्   भाडामा बस्नेले घरबेटीलाई पैसा बुझाउने गरेको भएपनि छुट बाहेकको रकम मात्र घरबेटीलाई तिर्न आग्रह गर्दै आएका छन्   तर घरबेटीहरु आफैले पनि छुट नपाएकोले भाडामा बस्नेसँग पनि पुरै रकम असुल्दै आएका छन्  

त्यस्तै उर्जा मन्त्रालयले आगामी साउन १ देखि १० युनिट भन्दा कम बिजुली खपत गर्ने ग्राहकलाई निशुल्क बिजुली दिने भएको छ   उता प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरुले भने यदि ग्राहकलाई छुट दिए वापतको रकम क्षतिपूर्ति वापत  सरकारले प्राधिकरणलाई  फिर्ता नदिने हो भने उक्त छुट दिन नहुने भन्दै लबिङ गर्न सुरु गरेका छन्   

यो पनि  :

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने, यस्तो छ तरिका

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved