लितेखोला जलविद्युतको उत्पादन ३ महिनादेखि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 04:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ का ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । थालेपोखरा, फूलबारी र बतासे गाउँका स्थानीयवासीले प्रयोग गर्दै आएको स्थानीय लितेखोला लघु जलविद्युत् परियोजनामा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन् । 

डेढ महिनादेखि विद्युत् उत्पादन हुन नसकेको सो लघुजलविद्युत् परियोजनाका अध्यक्ष छमबहादुर गलामीले बताए । उनले बन्दाबन्दी जारी रहँदा मर्मत गर्न नसक्दा लामो समयसम्म विद्युत् अवरुद्ध भएको बताए ।

केन्द्रीय प्रसारण लाइनको पहुँचमा नपुगेको थालेपोखरा, फूलबारी र बतासे गाउँमा लघुजलविद्युत्ले साँझको समयमा मात्र भए पनि उज्यालो दिँदै आए पनि उपकरण बिग्रिँदा अन्धकारमै रात बिताउनुपर्ने भएको स्थानीय देवबहादुर विकले जानकारी दिए। साँझमा मात्रै सञ्चालन हुने लघुजलविद्युत् बिग्रिएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । “केन्द्रीय प्रसारण लाइन जस्तो २४सै घण्टा विद्युत् आपूर्ति नभए पनि केही राहत हुँदै आएको थियो”, उनले भने, “केन्द्रीय प्रसारण लाइनका लागि विद्युत् पोल गाडे पनि विद्युत् बल्न सकेको छैन ।”

साँझ र बिहानमात्रै भए पनि लघुजलविद्युत्ले सहज पु¥याएको भए पनि विद्युत् गृह मर्मत नहुँदा समस्या भएको अर्का स्थानीय तुलबहादुर विकले बताए । नेपाल विद्युत् प्राधिकरणले गाउँमा केन्द्रीय प्रसारण लाइनको विस्तार थाले पनि विद्युत् बाल्न सकिरहेको छैन । थालेपोखरासहित विद्युत् नपुगेको गाउँमा विद्युतीकरणको काम तीव्र गतिमा भएकाले जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याइने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका इन्जिनीयर प्रमेध पङ्गेनीले जानकारी दिए । 

विद्युतीकरणका लागि आवश्यक दुईवटा ट्रान्सफर्मरसमेत गाउँमा पठाइसकेका कारण विद्युत् जडानको केही प्राविधिक काममात्रै बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved