शनिबार काठमाडौँका यी २० स्थानमा विद्युत आपुर्ति अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2020 | 09:04:23 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने बालाजु–स्वयम्भु फिडरको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गत विद्युतिय संरचना स्थानान्तरण, एच टी लाइनको कन्डक्टर बदली तथा केबल हेड मर्मत गर्नुपर्ने भएकाले बिहान ११ बजे देखि साँझ ५ बजेसम्म सो फिडर अन्तर्गत वितरित विद्युत लाइन अवरुद्द हुने छ । उक्त फिडरबाट विद्युत वितरित स्वयम्भु, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठुलो भर्याङ्ग, इचङ्गु, हलचोक लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध हुनेछ । 

त्यस्तै पुल्चोक वितरण केन्द्रको टेकु–पुल्चोक फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर विस्तार कार्य गर्नुपर्ने भएकोले विहान १० बजेबाट साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गत धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज ढुङ्गेधारा लगायतका क्षेत्रहरुका लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

बालाजु बितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौ‌ महानगरपालिका वडा न‌ १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतिय संरचना स्थानान्तरण  कार्यको लागि विहान ९ बजे देखि दिउसो ३ बजेसम्म उक्त फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, ग‌गाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने हुने प्राधिकरणकी सूचना अधिकारी लिला कुमारी अर्यालले जानकारी दिईन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved