पूर्ण अधिकारसहित विद्युत प्राधिकरणको जिम्मेवारी शाक्यलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 09:45:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको सरह पूर्ण अधिकारसहित ६ महिनाको लागि कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरेको हो 

प्राधिकरण कै सहायक कम्पनी  ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्तको जिम्मेवारी दिइएको भोलिपल्टै पूर्ण अधिकारसहित कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरिएको हो  । गत शुक्रबार बसेको प्राधिकरणको संचालक समितिको बैठकमा प्राधिकरणका अध्यक्ष तथा उर्जा मन्त्री वर्षमान पुनले शाक्यलाई काजबाट फिर्ता बोलाई प्राधिकरण मै हाजिरी गराउन निर्देशन दिएका थिए ।  प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएपछि उनी नै सबैभन्दा उच्च बरियताका उपकार्यकारी निर्देशक बनेकोले उनले नै जिम्मेवारी पाएका हुन्

कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएपछि प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेका उप कार्यकारी निर्देशक मध्ये सबै भन्दा माथिल्लो बरियताका लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । कोइराला र शाक्य दुवै १२ औ बरियताका उपकार्यकारी निर्देशक हुन् । तर बरियताको हिसाबमा शाक्य अगाडी छन् । सोहि कारण शाक्य केन्द्रीय कार्यालयमा आएपछि उनले नै जिम्मेवारी पाएका हुन् । यस संगै कोइरालाको जिम्मेवारी खोसिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved