'सुर्के थैली'लाई ‘पब्लिक च्वाइस अवार्ड’ , हेर्नुस कुन उपाधि कसलाई ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2016 | 04:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८ औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले जितेकी छिन्। 

यस्तै, वर्षको सर्वोत्कृष्ट गीत सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा’ घोषित भयो भने । आचार्यकै स्वर रहेको बिन्दवासिनी म्युजिक कम्पनीको एल्बम ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त गर्यो ।

त्यस्तै सर्वोत्कृष्ट संगीतको अवार्ड सत्यराज आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरेका छन् भने पप गीततर्फ सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड अनिल सिंह र रेश्मा सुनवारले जितेका छन् ।

यसै गरी सर्वोत्कृष्ट नव कलाकारको अवार्ड अर्जन पाण्डेले प्राप्त गरे । यस वर्षको सर्वोत्कृष्ट लोकदोहोरी गीतको अवार्ड नीता पुनमगरले जित्दा सर्वोत्कृष्ट लोकगीत गायनको अवार्ड राजु ढुंगेल र नवीन ढुंगेलले प्राप्त गरेका छन् ।

यस्तै, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायनको अवार्ड कुमार पुन र प्रीति आलेले तथा सर्वोत्कृष्ट लोकगीत संकलनको अवार्ड बसन्त थापाले हात पारेका छन्  । यसैगरी, सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड चलचित्र प्रेमगीतले जित्दा सर्वोत्कृष्ट संगीत संयोजनतर्फ गोपाल रसाइली र सर्वोत्कृष्ट गीत मुद्रणबाट मित्र लामाले अवार्ड हात पारे ।

त्यसैगरी, राष्ट्रिय भावनाले ओतप्रोत गीत रचनातर्फ धमेन्द्र सेवान तथा समूह गायन विधामा रोविन शर्मा र बानिका प्रधानले अवार्ड जिते । म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड सतिश श्रेष्ठले प्राप्त गरे भने नितिन थापा सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्डबाट सम्मानित भए ।

 सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड अनिल के मानन्धर र सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड टेकेन्द्र शाहले प्राप्त गरे । यस्तै  लाइफटाइम अचिभमेन्ट अवार्डबाट  सर्जक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved