जादु मन पर्छ ? राजधानी मै ब्यबस्थित 'म्याजिक शो' हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2016 | 10:26:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 राजधानीमा चलचित्र र नाटक प्रदर्शन हुने गरेको त् हामीले सुन्दै आएका छौ । तर अब जादु मार्फत मनोरञ्जन दिने उदेश्यले 'म्याजिक शो' पनि सुरु हुने भएको छ । डे आउट ट्राभल्स एण्ड टुर्स र १२६ पार्क रोड रेस्टुरेन्ट एण्ड बार, झम्सिखेलको संयुक्त आयोजनामा म्याजिक शो हुन् लागेको हो ।

यस प्रस्तुतिको संयोजन गरी रहेका भरत सिटौलाले काठमाडौँमा जादु हेर्ने व्यस्थित स्थान र त्यस्ता शो नै नभएकाले आफुहरुले केहि नयापनको साथ मनोरञ्जन दिने हेतुले यस्तो शो गर्न लागेको बताए । गायन क्षेत्रमा समेत अब्बल रहेका सिटौलाले यो शो परिवार सहित गएर मनोरञ्जन लिन सकिने थलो हुने बताए । 

सडक आसपास इन्द्रजालको नाममा गरिने जादु भन्दा यो कसरी फरक भन्ने प्रश्नमा सिटौलाले यो इन्द्रजालको जस्तो जादु नभई एउटा पृथक प्रकारको जादुको प्रस्तुति रहने बताए । जादु शिल्पी नाट्य घर, बत्तीसपुतलीमा ३:३० देखि ४:३० सम्म हुदै छ । यस प्रस्तुतिले जादुलाई पनि एउटा मनोरञ्जनको माध्यमको रुपमा विकास हुने आयोजकले बिश्वास लिएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved