विश्वका १०० प्रेरणादायी महिलाकाे सूचीमा नेपाली चेली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 09:06:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचिमा नेपाली चेली पर्न सफल भएकी छिन। बिबिसीद्वारा सार्वजनिक उत्कृष्ट १०० को सुचिमा राना बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगर परेकी छिन। 

बिबिसीले ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत ६० जनाको नाम सार्वजनिक गरेको हो। सन् २०१७ का लागि छानिएका प्रेरणादायी महिलाको सूचिमा नेपाली चेली परेकी हुन। ४० जनाको नाम चयन हुन बाँकी रहेको बीबीसीले जनाएको छ । यी चारवटा टोलीमा बाडेर छनोट गरिएको हो। राना मगर महिला निरक्षरता अन्तर्गत चयन भएकी हुन् ।

को हुन् इन्दिरा राना मगर ?

२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौंको नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन्। खुदुनाबारीमा ९ जना ‘डे केयर’ मा छन्। ती बालबालिकाका लागि उनले जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि चलाएकी छन्। साँखुको जूनकिरीमा १२२ र खुदुनाबारीमा १०२ बालबालिका पढ्छन्।

यसैगरी, पाल्पा र भक्तपुरमा युथ होम खोलेकी छन्। सबै ठाउँमा गरेर ४१ कर्मचारी छन्। आवासगृहमा चाहिं ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाएकी छन्। ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ। कर्मचारी नपुगेर नभई बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहोल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउँछिन्। उनी भन्छिन्, ‘हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ।’

उनले ठूला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छन्। इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन्। सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन्। त्यहाँ पढ्ने ६० जना महिला बन्दीलाई कापी, कलम र किताबको जिम्मा पनि उनैले लिएकी छन्। “२३ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै मेरो समाजसेवा शुरु भएको थियो”, इन्दिरा भन्छिन्।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयंसेवक थिइन्। उनले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक बाल विकास केन्द्र आरम्भ गरेकी हुन्। इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उनी अहिले साथमा रहेका १३ महीने अर्जुनदेखि बालबच्चा भइसकेका सयौंको आमा बनेकी छन्। यी सबैले आमा भनेर बोलाउँदा उनलाई संसार जितेको अनुभूति हुन्छ। अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना भएकी थिइन्। २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी हुन ।

प्रमुख चुनौतीहरुको थप यो सूचीमा

‘१०० विमिन’ अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिने बिबिसीले जनाएको छ।

बिबिसीले यी सयको सुचिमा परेका महिलाहरुलाई बिश्वका महिलाहरुले सामना गर्दै आएका प्रमुख समस्या मध्येका यी ५ समस्या 'उच्चपद प्राप्ति ,महिला निरक्षरता , सडक दुर्व्यवहार ,खेलमा लैङ्गिक-विभेद' को समाधान खोज्न चुनौती पेश गर्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved