अर्ब क्लबमा सामेल हुँदा पनि जनता बैंकले किन देखायो ६४ करोड खुद मुनाफा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 08:44:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा रहेका छन।  यसै क्रममा आज साउन २९ गतेसम्म १९ बाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण प्रस्तुत गरेका छन। साउन २९ गतेका दिन जनता बैंकले उल्लेख्य प्रगती गरेको विवरण प्रस्तुत गरेका छ।  

"पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।" 

त्रिबेणी बिकास बैंकसंग मर्ज र सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बनेको जनता बैंकले गत आर्थिक बर्ष ६४ करोड १८ लाख २५ हजार खुद मुनाफा आर्जन गरेको छ। 

यस अवधिमा जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८२ करोड २१ लाख रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ ४४ करोड ६ लाख १३ हजार रहेको छ। त्यस्तै जनताले ५० प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्री गर्दा  १६ करोड ५१ लाख ३० हजार प्रिमियम संकलन भएको छ। 

जनतामा मर्ज तथा प्राप्ती हुँदासम्मको अवस्थामा त्रिबेणी बिकास बैंकको खुद मुनाफा १० करोड २४ लाख ९० हजार र सिद्दार्थ डेभलपमेन्टको खुद मुनाफा ३४ करोड ३२ लाख ५० हजार रहेको छ। उक्त कमाईलाई जनता बैंकले जगेडा कोषमा राखेको छ। यदी त्रिबेणी, सिद्दार्थ र जनता बैंकको खुद मुनाफा एकीकृत गरेर देखाएको भए जनता बैंकको गत आर्थिक बर्षको खुद मुनाफा १ अर्ब ८ करोड ७५ लाख ७० हजार हुन्थ्यो।   

तीन वटै बैंकको खुद मुनाफालाई आधार मान्दा जनता बैंक समेत अर्ब क्लबमा प्रवेश गरेको भन्ने अवस्था रहेको छ। गत आर्थिक बर्षको चौथो त्रैमासको अवधिसम्म जनता बैंक चुक्ता पुंजीको आधारमा १० औ स्थानमा रहेको छ। कुनै बेला बाणिज्य बैंकहरुमा कम्जोर मध्यको बैंक मानिएको जनताले पछिल्लो अवस्थामा उल्लेख्य प्रगती गर्दै अघि बढेको छ। शाखा संख्याको आधारले समेत बैंक टप टेन बाणिज्य बैंकमा पर्दछ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा जनता बैंकसंग १६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ। यद्दपी उसले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड पुग्नेछ।

यस अवधिमा जनता बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ १८ पैसा, मुल्य आम्दानीको अनुपात ३१ गुणा, प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ०५ पैसा र खराब कर्जा अनुपात २ दशमलब ०९ प्रतिशत रहेको छ। 

यो पनि:

बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी?

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्य कुन बैंकको लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved