युनाईटेड फाईनान्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 04:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited  को लाभांश पारित भएको छ । कम्पनीको २५ औं बार्षिक साधारणसभाबाट १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । उक्त सभाबाट ७ दशमलब ५२ प्रतिशत नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव  पारित भएको हो ।

सभाबाट आगामी कार्यकालका लागि सञ्चालकमा वसन्त कुमार चोेैधरी, रोशन अधिकारी, विष्णु कुमार अग्रवाल, वेनी गोपाल मुन्दडा र मनिष कुमार खेमका निर्विरोध निर्वाचित भएका छन । 

कम्पनीले मुनाफा  १८ करोड ५ लाख र खुद मुनाफा ९ करोड ९९ लाख आर्जन गरेको छ । खराब कर्जा ० दशमलब ५७ प्रतिशत रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved