समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 03:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनीका ग्राहकले पुतलिसडकमा रहेको आर्सिया डेन्टलमा छुट पाउन भएका छन् । कम्पनी र डेन्टलबीच आइतबार भएको सम्झौता अनुसार ग्राहकले छुट पउने भएका हुन् । 

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबार देखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सीआइपीएस प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २०% छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको फाइनान्सले जनाएको छ । 

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved