डेढ दर्जन कम्पनीले आइपीओ ल्याउँदै, लगानी गर्दा के कुरामा ध्यान दिने ? (सुची सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2019 | 02:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि समयअघिसम्म कुनै पनि कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर (आइपीओ) को लगानी घाटामा जादैन भन्ने आम बुझाई थियो। तर अहिले आईपिओमा गरिएको लगानी समेत अंकित मुल्यबाट तल झर्ने थालेको छ। 

आईपिओमा लगानी गर्नु अगाडी मुख्यत: कम्पनीले जारी गर्ने विवरणपत्र नै अध्ययन गर्नु पर्छ । विवरणपत्रमा प्रष्टसँग कम्पनीले ५ बर्षसम्म पनि लाभांश दिन नसक्ने देखिएमा सो भन्दा अगाडी प्रतिफल चाहनेले त्यसमा लगानी नगर्नु नै उचित हुन्छ । साथै कम्पनीको रेटिङले लगानी कति जोखिमपूर्ण छ भन्ने देखाउछ । 

यी बाहेक त्यस कम्पनीले गर्ने व्यवसायको भविष्य, त्यस क्षेत्रबारे सरकारी नीति लगायत पनि विश्लेषण गर्नु पर्छ । साथै गरिएको लगानी डुब्ने अवस्था नै आयो भने पनि त्यसले आफुलाई असर नगर्ने गरी प्लान बि पनि हुनु पर्छ।

हाल विशेषगरी हाइड्रोपावर कम्पनीको मूल्यहरु अंकित मूल्यभन्दा तल झरेका छन् । अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा हाइड्रोमा अबधि जोखिम नै हुन्छ । हाइड्रोले लिएको ऋण तिर्ने अवधि नै १० बर्षभन्दा बढी हुने र यस क्षेत्रको नियामक पनि सकिय भई नसकेकोले विवरण पत्र अध्ययन गरेर मात्र लगानीको निर्णय लिनु उत्तम हुन्छ ।

केहि सामुहिक लगानी कोषको खुद सम्पति मूल्य (न्याभ) पनि अंकि मूल्य भन्दा तल झरेको छ । सामुहिक कोषलाई लगानीको क्षेत्र सिमित छन् । बजार घट्दा कोषको न्याभ पनि घट्ने र बजार बढ्दा न्याभ बढ्ने हुन्छ । दीर्घकालीन समयको लागि लगानी गर्नेलाई मात्र यो उत्तम हुन्छ ।  

ऋणपत्रको हकमा भने बजारमा बैंक तथा दिने वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याज भन्दा ऋणपत्रको ब्याज बढी भए लगानी उत्तम हुन्छ । ऋणपत्रमा पहिले नै वार्षिक ब्याज तोकिएको हुनाले प्रतिफल निश्चित हुन्छ । जोखिम लिन नचाहनेलाई ऋणपत्र उत्तम विकल्प हो ।

दोस्रो बजारमा लगानी गर्दा भने यी सबै बाहेक कम्पनीले त्रैमासिक रुपमा सार्वजनिक गर्ने वित्तीय विवरण समेत विश्लेषण गरेर लगानीको निर्णय गर्नु उचित हुन्छ । 

नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको अनुमति माग गरेका कम्पनी :

विद्युत नियमन आयोगमा आईपिओ निष्काशनको अनुमति माग गरेका कम्पनी:



धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएका कम्पनी:

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved