यूएईमा कामदार लिने र दिने देशबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 05:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब एमिरेट्स (यूएई) मा कामदार लिने र दिने देशबीच बहुपक्षीय छलफल (आबुधाबी डाइलग) मा नेपाल सहभागी भएको छ । यूएईको श्रम तथा मानव संसाधन मन्त्रालयले आबुधाबी डाइलग आयोजना गरेको हो ।

छलफलमा विकास र श्रम बजारमा ज्ञान साझेदारी, उच्च दक्ष कामदार र रेमिट्यान्स नीति तथा प्रवाह, श्रम आपूर्ति र माग बढाउन प्रभावकारी क्षमता निर्माण, अवैध कामदार आयात र निर्यातको रोकथाम, कामदारको कल्याण र सुरक्षा उपायबारे मुख्य गन्तव्यको देशहरूको आपसी चासो लगायतका विषयमा छलफल भएको थियो  । कार्यक्रमको उद्घाटन यूएईका मानव संशाधन मन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले गरेका थिए ।

साथै कामदार दिने देश र कामदार आयात गर्ने देशबीचको सम्बन्ध र भावी योजनाबारे छलफल भयो ।

एसियाली र खाडी देशहरूबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गरिएको थियो ।

छलफलमा श्रमिक आयात गर्ने मध्यपूर्वका अरबी खाडी देश र कामदार उपलब्ध गराउने एशियाली देशका उच्च सरकारी प्रतिनिधिहरुको  उपस्थिति रहेको  थियो ।

 जस अन्तर्गत कामदार पठाउने देशहरु नेपाल सहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेशिया, पाकिस्तान, फिलिपिन्स्, श्रीलंका, थाइल्याण्ड र लगायत देशका प्रतिनिधिहरु सहभागी थिए । उक्त कार्यक्रममा यस्तै कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी थिए ।

यूएईले सन् २००८ देखि आबुधाबी डाइलग को सुरुवात गरेको हो बिगत ३ वर्षदेखि नेपालले पनि यसमा सहभागिता जनाउँदै आएको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved