साताको अन्तिम दिन बढ्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 09:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ३ सय रुपैयाँले महङ्गिदै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । आज तेजावी सुनपनि तोलामा ३ सयले महङ्गिएर्दै प्रतितोला ७० हजार ७ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ८६० रुपैयाँ कायम भएको छ । 

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved