आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 11:05:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ १०० रुपैयाँले घटेर आज ९२ हजार १०० रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुन आज तोलामा १०० रुपैयाँले घटेर ९१ हजार ६६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ५८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved