पूर्वाञ्चलमै पहिलोपटक दुखाइरहित प्रसूति सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 12:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस दुखाइ नहुने प्रसूति सेवा उपलब्ध गराएको छ। सो अस्पताल सञ्चालक डा रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।

​उनले भने, ‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन्। अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गरे।

सो सेवा लिनुभएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताइन् । उनले भनिन् , “प्रसूति गराउँदा कुनै दुखाइ भएन र सहज महसुस भयो।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved