डण्डी उद्योगीलाई ब्याज तिर्नै धौ धौ, बैंकको १ खर्ब लगानी जोखिममा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 23, 2020 | 12:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विकास बजेट खर्च गर्न नसक्दाको असर निर्माण क्षेत्रमा परेको छ । निर्माण व्यवसायी, निर्माण सागम्री उत्पादन गर्ने उद्योगीहरु बजेट खर्च नहुँदाको असर आफ्नो क्षेत्रमा परेको गुनासो गर्छन् ।

भूकम्पपछिको पुननिर्माण, विकासे आयोजना, राष्ट्रिय गौरवका परियोजनाहरु लगायतमा सरकारले छुट्याएको बजेट कार्यान्वयन (खर्च) हुन नसक्दा सिमेन्ट तथा छडको व्यापार सुस्ताएको छ । दुई वर्ष अघिसम्म भूकम्पले भत्काएका निजी आवास तथा सरकारी भवन, स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माणका लागि सिमेन्ट र डण्डीको माग बढेको थियो । तर अहिले भूकम्पले भत्किएका आवासहरु तुलनात्मक रुपमा निर्माण सकिने क्रममा रहेका कारण निर्माण सामग्रीको बजार माग घटेको छ ।

उद्योगीलाई कर्जाको ब्याज तिर्नै सकस

चालु आर्थिक वर्ष २०७६/०७७ को सुरु देखि नै फलामे डण्डीको माग निकै घटेको व्यवसायीहरु बताउँछन् । माग घटेपछि उत्पादन पनि घटेको र बैंकको कर्जाको ब्याज तिर्न समेत गाह्रो भएको उनीहरुको गुनासो छ । 

मूलुकमा हालसम्म २४ वटा डण्डी उद्योगले आफ्नो उत्पादन बजारमा बेचिरहेका छन् । डण्डी तथा फलामे छड उद्योगमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब १ खर्ब ४ अर्बको हाराहारीमा लगानी गरेका छन् । उद्योगलाई ब्याज तिर्नै समस्या भएपछि बैंकले प्रवाह गरेको कर्जा नै जोखिममा पर्ने हो कि भन्ने शंका समेत उत्पन्न भएको छ । तर बैंकहरुले भने रड तथा डण्डीका उद्योगीले हालसम्म कर्जाको ब्याज तिरिरहेको प्रतिक्रिया दिएका छन् ।

नेपालमा सञ्चालित डन्डी उद्योगले कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । तर स्वदेशमा माग घटेपछि कच्चा पदार्थको आयात घटेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत भइसकेका उद्योगी पशुपति मुरारका बताउँछन् । उनका अनुसार निर्माणका कामले गति लिने र निर्माण सामग्रीको व्यापार फस्टाउँने सिजनमै व्यापार कमजोर हुँदा उद्योगीलाई बैंकको कर्जा चुक्ता गर्न समस्या भएको छ ।

बजेट खर्च नहुँदाको असर उद्योगमा

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा संघिय सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै भएको छ भने कुल बजेट खर्च पनि २५.८१ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्बको पुँजीगत खर्च छुट्याएको सरकारले ६ महिनामा ५० अर्ब ७५ करोड मात्रै खर्च गरेको छ । निर्माण सामग्री उत्पादन गर्ने उद्योगीहरु सरकारको पुवार्धार निमार्णमा तीव्र गतिका साथ काम नगर्दाको परिणामले बजेट खर्च हुन नसकेको र बजेट खर्च नहुँदाको असर उद्योगमा परेको बताउँछन् । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर ५८१ अर्ब २६ करोड कायम भएको छ । आयात घटेका बस्तुहरुमा एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट लगायत छन् ।

यसअघिः

सिमेन्ट उद्योगीलाई ब्याज तिर्नै धौ धौ, व्यक्तिगत ऋण लिएर गर्जो टार्दै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved