उत्तर कोरियाले जापानमाथि मिसाइल हान्यो, कोरियाले बोलायो आपतकालीन सुरक्षा बैठक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 06:04:02 AM मा प्रकाशित

laxmi  sunrise bank


एजेन्सी । उत्तर कोरियाले जापानको होकाइडो द्वीपमा मिसाइल हानेको छ ।  दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेको बिबिसिले जनाएको छ ।   

जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो । 

दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved