डुंगा दुर्घटनामा दशको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 12:06:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । 

आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ । 

आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो । आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरु सो दुर्घटनामा परेका जनाइएको छ । 

गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved