अमेरिकाले आफ्नो मिसाइल सुरक्षा प्रणाली साउदीलाइ बेच्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 06:04:43 AM मा प्रकाशित

laxmi  sunrise bank

 साउदी अरेबियाले रुससँग हवाई सुरक्षा प्रणाली खरिद गर्ने निर्णय गरेको एक दिनपछि अमेरिकाले  साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बेच्ने भएको छ । 

अमेरिकाको रक्षा मन्त्रालयले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बिक्री गर्ने निर्णय गरेको हो ।अमेरिकी सरकारले परिस्कृत टर्मिनल हाइ–अल्टिट्युड एरिया डिफेन्स (थाड) १५ अर्ब डलरमा बिक्री गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । 

यसले साउदी अरेबिया र खाडी क्षेत्रमा इरान तथा अरु क्षेत्री स्तरमा रहेको खतरासँग प्रतिवाद गर्ने क्षमता बढाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

यो सम्झौताले खाडी क्षेत्रमा सैन्य सामजस्यतालाई भने कुनै असर नगर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकाले थाड प्रणाली दक्षिण कोरियामा स्थापना गर्दैछ । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित मिसाइ आक्रमणबाट रक्षाका लागि यो प्रणाली स्थापना गर्न लागिएको हो । साउदी अरेबियाले त्यही प्रविधिको थाड प्रणाली नै किन्ने भएको हो । 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved