थप शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 11:20:56 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएका छन् । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो । 

सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर अमेरिकामाथि कैयौँ क्षेत्रमा कडा खालको नाकाबन्दी पनि लगाएको छ । 

तर उक्त नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीहरुलाई आदेश दिएको बताइएको छ । 

उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किम जोङ उनले सो निर्देशन दिएका हुन् । 

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथि शसक्त कारबाही गर्ने जनाएका बेला त्यस्तो धम्कीका विरुद्धमा उत्तर कोरियाले अझ शक्तिशाली आणविक विकास गर्नुपर्ने भन्दै नेता उनले सो आदेश दिएको बताइएको छ । 

उक्त बैठकमा सहभागी वर्कस पार्टीका नेता, उच्च सरकारी अधिकारी तथा मिसाइल बैज्ञानिकहरुलाई उनले सो आदेश दिएको सो समाचार समितिले जानकारी दिएको छ । 

उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । 


सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved