चिनियाँ कम्युनिष्ट पार्टीको महाकुम्भ शुरु, चीनलाई बिश्वको केन्द्रबिन्दु बनाउने उद्घोष

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 01:30:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति सी जिनपिङले चीन 'नयाँ युग' मा प्रवेश गरेको घोषणा गरेका छन। आजदेखि सुरु भएको चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेसलाई सम्बोधन गर्दै सीले यस्तो घोषणा गरेका हुन।

चिनियाँ राष्ट्रपति सि जिनपिङले कडा सुरक्षाका बीच बेइजिङमा सुरु भएको १९ औ कग्रेसमा उपस्थित २३ सय बढी प्रतिनिधिलाई सम्बोधन गरेका छन। हरेक पांच बर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्त्व चयन हुनेछ।

एक हप्तासम्म चल्ने यस अधिवेसनले आगामी ५ बर्षका लागि नयाँ नेतृत्त्व चयन गर्नेछ। सम्मेलनपछि पार्टीले अक्टुबर २४ अर्थात कत्तिक ७ गते सर्वोच्च निर्णायक निकाय पोलिटब्युरोका सदस्यहरु पनि सार्वजनिक गर्नेछ।  सन २०१२ देखि २०१७ सम्म चीनको नेतृत्त्व सम्हालेका सीले अबको पांच बर्षको कार्यकाल पनि नेतृत्त्व गर्ने स्पष्ट संकेत गरेका छन।   

सम्मेलनलाई सम्बोधन गर्दै सीले आफ्नो ५ बर्षको कार्यकालमा गरेको काम र उपलब्धिहरुको चर्चा गरे। आफ्नो प्रशासनको पहिलो अवधिको समयमा बनेको आर्थिक प्रगतिलाई पराजित गरेको सीले बताए। आफ्नो कार्यकालमा चीनले बिश्व अर्थतन्त्रको एक तिहाई आर्थिक वृद्धि हासिल गरेको सीको दाबि छ।

सम्मेलनलाई सम्बोधन गर्दै सीले आफ्नो ५ बर्षको कार्यकालमा चीनले १ अर्ब नगारिकहरुको आधारभुत आवश्यकता पुरा गरेको र १३ करोड बढीलाई शहरमा रोजगारी सुनिस्चित गरिएको र ६० करोड नागरिकलाई गरिबीको रेखामुनिबाट माथि उकासेको बताए। 

चिनिया अर्थतन्त्रलाई बिश्वसामु एक बिशेष उदाहरणका रुपमा पेश गर्न अथक प्रयास र कडा मिहिनेत गर्न चिनिया नगारिकलाई आग्रह गरेका छन। चिनिया कम्युनिष्ट पार्टी 'नयाँ युग' मा प्रवेश गरेको र कयां चुनौतीका पहाडहरु अगाडी रहेको सीले सम्बोधनमा बताएका छन्। 

करिब ३ घण्टा ३० मिनेटको सम्बोधनमा सीले पार्टी निर्माण र भ्रष्टाचार बिरुद्दको अभियानलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेका छन। साथै सीले पर्यावरणको संरक्षणमा धेरै काम गर्न बाँकी नै रहेको बताउदै चिनिया राजधानीमा बायु प्रदुषणको तह आधिकारिक रुपमा 'अस्वस्थ' भएको बताए।

पार्टीभित्रका भाइरसलाई निर्मुल पारि मजबुत कम्युनिष्ट पार्टी निर्माण र भ्रष्टाचार बिरोधि अभियान आफ्नो आगामी कार्यकालको मुख्य प्राथमिकतामा हुने सीले सम्बोधनको क्रममा बताएका छन्। 

सोहि सन्दर्भमा सीले भने, मेरो कार्यकालमा लाखौँ भ्रष्ट अधिकारिहरुले जागिरबाट हात धुनु परेको छ भने सयौंले जेल सजाय पाएका छन। भ्रष्टाचार बिरोधि अभियान झनै सशक्त रुपमा अगाडी लैजाने सीको भनाई छ। 

उनले विश्वका लागि चीनको ढोका बन्द नगर्ने बताउँदै थप आर्थिक सुधार र वैदेशीक लगानीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे। आफ्नो आगामी योजना सुनाउदै सीले भने, २१ औ शताब्दीको मध्यम तिर चीन मध्यम समृद् राष्ट्र बन्नेछ भने सन २०५० सम्म चीन समृद्द, बलियो र लोकतान्त्रिक बन्नेछ। 'यो यस्तो युग हुनेछ जहाँ चीन बिश्वको केन्द्रमा रहनेछ र मानवतालाई बढि योगदान दिनेछ' सीले भने।       

बिश्व राजनीतिमा चीनको आफ्नो छुट्टै महत्त्व रहेको बताउदै सीले चीनले आफ्नै कार्यकालमा चिनियाँ विशेषतासहितको समाजवाद हासिल गर्ने दाबि गरेआ छन। चीनिया भूमिलाई सुहाउदो राजनीति आजको आवश्यकता रहेको बताउदै सीले विदेशी राजनीतिक प्रणालीलाई अनुशरण गर्न नहुनेमा समेत  जोड दिए।      




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved