न्यु योर्कमा ९/११ पछिको सबैभन्दा ठुलो आतंकवादी हमला, ८ जनाको मृत्यु, १२ घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 08:39:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा भएको आतंकवादी हमलामा ८ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको हो । घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ। त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए।

लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ। घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै 'आतंकवादी आक्रमण'का पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।उनले लेखेका छन्, "ईश्वर र तपाईँहरुको देश तपाईँहरुसँगै छन्।" प्रहरीले ठूलो आतंकवादी षड्यन्त्र अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि आतंकवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो। प्रहरी स्रोतका अनुसार आक्रमणकारी सेफुलो साइपभ भएको पहिचान गरिएको छ र सन् २०१० मा उनी उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ। न्यूयोर्कका प्रहरी कमिसनरले घाइतेहरुलाई गम्भीर चोटपटक लागेपनि ज्यानै लिने खालको चोट नभएको बताएका छन्। एकजना प्रत्यक्षदर्शीले एउटा स्थानीय टेलिभिजनलाई भने, "प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले र स्थिति अलि असहज भयो। एकछिन रोकिएर मैले हेर्दा ट्रक चालक ढलिसकेका थिए।" अर्का प्रत्यक्षदर्शीले ९/१० राउण्ड गोली चलेको आवाज आफूले सुनेको बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved