भियतनाममा ट्रंप र पुटिनबीच ३ पटक जम्का भेट, चुनावी आरोपबारे कुराकानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 10:20:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भियतनाममा एसिया प्रशान्त क्षेत्रीय शिखर सम्मेलनका बेला भएको छोटो भेटमा "राम्रो छलफल" भएको बताएका छन्। ट्वीटरमा उनले "घृणा गर्नेहरु र मूर्खहरु" प्रति प्रहार गर्दै भने- तिनले यी दुई मुलुकबीच राम्रो सम्बन्ध बन्न प्रोत्साहन गर्दैनन्। त्यसअघि उनले अमेरिकी चुनावमा रुसी संलग्नताबारे लगाइएको आरोपले आफ्नो अपमान भएको पुटिनले भनेको उल्लेख गरेका थिए। अमेरिकी गुप्तचर समुदायले यसअघि रुसले ट्रम्पको पक्षमा मत परिणाम ल्याउन प्रयत्न गरेको निष्कर्ष निकालेको थियो।

एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग सम्मेलनमा दुई नेताबीच औपचारिक द्वीपक्षीय वार्ताहरु तय गरिएका थिएनन्। तर उनीहरुबीच तीन पटक जम्काभेट भएको थियो। ट्रम्पका अनुसार उनीहरुबीच सिरियाको संकट र चुनावी आरोपबारे कुराकानी भएको थियो। अमेरिकी राष्ट्रपतिले भने, "उनले भने उनले हाम्रो चुनावमा पटक्कै हस्तक्षेप गरेका थिएनन्।" राष्ट्रपति ट्रम्पका कडा आलोचक रिपब्लिकन सांसद जन म्याकेनले "अमेरिकी गुप्तचर समुदायको बदला रुसी कर्णेलको कुरा बोकेको" भन्दै आलोचना गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved