जिम्बाब्वेका राष्ट्रपतिद्वारा राजिनामा, पत्नीलाई शक्ति हडप्न दिएको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 21, 2017 | 08:13:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजिनामा दिएका छन। संसदका प्रवक्ता ज्याकोब मुडेण्डाले मुगाबेले राष्ट्रपति पदबाट राजीनामा दिएको पुष्टि गरेको बिबिसीले जनाएको छ। 

सत्ता हस्तान्तरण प्रक्रियालाई सहज बनाउन आफुले स्वैच्छिक रुपमा राष्ट्रपति पदबाट राजीनामा दिएको मुगाबेद्वारा लेखिएको पत्रमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रिउटर्सलाई उद्दृत गर्दै बिबिसीले समाचार लेखेको छ।

संसदले सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाभियोगको प्रक्रिया शुरु गरेपछि मुगाबेले पदबाट राजिनामा दिन बाध्य थिए। यद्दपी उनले स्वैच्छिक रुपमा नै राजिनामा दिएकाले जिमाब्वेका जनताहरु खुसियाली मनाउन सडकमा निस्किएका छन। 

मुगाबेले सन १९८० देखि जिम्बाब्वेको सत्ता सम्हाल्दै आएका थिए। राजिनामासंगै जिमाब्वेमा मुगाबेको ३७ बर्षदेखिको शाशनको अन्त्य भएको छ।       मुगाबेमाथि आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved